उपचार नपाएका बिरामीको सहयोगमा वीरगन्जका युवा

उपचार नपाएका बिरामीको सहयोगमा वीरगन्जका युवा

वीरगन्ज : वीरगन्जमा अस्पतालले भर्ना लिन नमानेपछि उपचार नपाएर दिनहु बिरामीको मृत्यु हुन थालेपछि साउन २६ मा स्थानीय युवाको सक्रियतामा सहायताका लागि कोभिड एक्सन टिम (क्याट) गठन गरियो। गठन भएकै दिन क्याटका पदाधिकारी र सदस्यले कोभिड वा अन्य कुनै पनि रोगका बिरामीको उपचारमा सहायता चाहिए सम्पर्क गर्न आग्रह गर्दै आ-आफ्नो मोबाइल नम्बर सामाजिक सन्जाल फेसबुकमा सार्वजनिक गरे। 

क्याटका सदस्यको सक्रियताका कारण साउन २६ यता वीरगन्जमा उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनु परेको छैन। कारण कुनै पनि अस्पतालले बिरामीलाई भर्ना लिन आनाकानी गरेको खबर पाए लगत्तै क्याटका सदस्य बिरामी भएको ठाँउमा पुगिहाल्छन्। अस्पतालका चिकित्सक र सन्चालकसँग समन्वय गरेर बिरामीको उपचारका व्यवस्था मिलाउँछन्।  

क्याटका सदस्य एवम् जसपाका युवा नेता तबरेज अहमद भन्छन्,‘कुनै पनि हस्पिटलले भर्ना लिन मानेन भने बिरामीका परिवारले हामीलाई मोबाइलमा फोन गरेर खबर गर्छन्, लगत्तै हामी त्यहाँ पुग्छौं। डाक्टरसँग कुरा गरेर बिरामीको उपचारको व्यवस्था मिलाउछौं।' साउन २६ मा क्याट गठन भए यता वीरगन्जमा कोहि पनि बिरामीले उपचारको अभावमा ज्यान नगुमाएको भन्दै अहमद भन्छन्, ‘अहिले एम्बुलेन्स पाउन पनि गाह्रो छ। क्याटले एम्बुलेन्सका लागि पनि सहजीकरण गर्दै आइरहेका छ।'

साउन २६ यता ८३ जना बिरामीको उपचारमा क्याटले सहायता र समन्वय गरिसकेको अहमद बताउँछन्। कोभिडको महमारीमा बिरामीको उपचारमा सहायत गर्ने मुख्य उदेश्य राखेर क्याट गठन गरिएको क्याटका सदस्य एंव नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल बताउँछन्। उनि भन्छन्,‘जति बेला फोन आउँछ हामी रात दिन भन्दैनौं। खबर पाएलगत्तै बिरामी भएको ठाँउमा पुगिहाल्छौं। त्यो अस्पतालमा बेड खाली भए त्यहीं भर्ना गराउँछौं , खाली नभएको अवस्थामा अर्को अस्पतालमा लगेर बिरामी  भर्ना गराउँछौं।' 

कोभिड महामारीमा बिरामीको उपचारमा सहायता गर्न युवाले थालेको यो प्रयासको अवधारण सम्भवत नेपालमै  पहिलो भएको पटेल बताउँछन्। क्याटले कोभिड १९ संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा पनि सहजीकरण गर्दै आएको क्याटका संयोजक नेक महम्मद अन्सारी बताउँछन्। 'संक्रमितको शव व्यवस्थापामा वीरगन्जमा पनि समस्या देखियो। त्यसपछि हामीले जनप्रतिनिधिसँग संवाद र समन्वय गर्दै आएका छौं', उनी भन्छन्,‘अहिलेसम्म हामीले नेपाली सेनाको सहयोगमा ४ जना संक्रमितको शव व्यवस्थापन गरि सकेका छौं।' 

बिरामीको उपचारमा सहायता प्रदान गर्दै आएको क्याटले पछिल्लो ३ दिनदेखि अस्पतालका बिरामी र निधेषधाज्ञाका कारण मर्कामा परेकालाई खाना खुवाउन काम पनि थालेको छ। अस्पतालमा भर्नामा रहेका बिरामी , तीनका कुरुवा र निषेधाज्ञाका कारण कामधन्दा गर्न नपाएर समस्यामा परेका मजदुर, विपन्नहरुलाई गत सोमबारदेखि निशुल्क खाना खुवाउन थालेको क्याटका सदस्य अहमदले बताए। 'दैनिक करिब २  सय जनालाई खाना खुवाउँदै आएका छौं', अहमद भन्छन्, 'यसमा वडा नम्बर १३ का वडा अध्यक्ष तुफान अन्सारीले सहयोग गर्नु भएको छ।' खाना वितरणका लागि क्याटले १० जना स्वयम्‍सेवक पनि परिचानलन गरेको अहमदले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.