पर्सामा गर्भवती महिलासहित थप दुई जनाको मृत्यु

पर्सामा गर्भवती महिलासहित थप दुई जनाको मृत्यु

वीरगन्ज : वीरगन्जको अस्पतालमा उपचारका क्रममा थप ३ जना कारोना संक्रमितको मृत्यु भएको छ। वीरगन्जको अस्पतालमा पर्साका २ र बाराका १ गर्भवती महिला गरी ३ जनाको मृत्यु भएको हो। वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा बिहीबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो। 
साउन ३० गते कोरोना संक्रमण पुष्टि भएपछि त्यहि दिन उनी वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए। मृगौला रोगी ती पुरुषमा निमोनियाको पनि समस्या रहेको र उपचारका क्रममा उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए।  

यस्तै वीरगन्जकै नारायणी अस्पतालमा उपचाररत कारोना संक्रमित बाराकी एक गर्भवती महिलाको पनि बिहीबार बिहान मृत्यु भएको छ। बाराको सुर्वण गाँउपालिका - ४ हर्दिया गाँउकी २३ वर्षीया गर्भवती महिलाको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले जानकारी दिए। गत भदौ ८ गते स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि नारायणी अस्पतालमा ती महिलालाइ भर्ना गरिएको थियो।

ती महिलामा श्वासप्रश्वासमा समेत सम्स्या देखिएपछि उनको स्वाब संकलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा परीक्षण गर्दा बुधबार उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। अस्पतालकै आइशोलेसन वार्डमा उपचाररत ती महिलाको बिहीबार बिहान मृत्यु भएको डाक्टर चौरसियाले बताए। 

यसअघि बुधबार राति नारायणी अस्पतालको आइशोलेसन वार्डमा उपचाररत पर्साको धोबनी गाउँपालिका- ३ गुलरीया गाँउका ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो।
ज्वरो आउनुका साथै स्वासप्रस्वासमा समेत समस्या देखिएपछि उनलाई भदौ ८ गते नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो।त्यहि दिन उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो। 

योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४५ मध्ये १ बेवारिसे युवकसहित पर्साका ३३ जना, बाराका १० जना र रौतहटका २ जना रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.