चिकित्सकसहित ७ जनामा कोरोना देखिएपछि प्रदेश अस्पताल बन्द

चिकित्सकसहित ७ जनामा कोरोना देखिएपछि प्रदेश अस्पताल बन्द

सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । अस्पतालका अनुसार दुईजना कन्सल्ट्यान्ट, ४ जना मेडिकल अधिकृत र एकजना स्वाथ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । 

उपचारमा खटिँदै आएका चिकित्सकलाई कोरोना संक्रमण भएपछि एक हप्ताका लागि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई कोरोनाको संक्रमण हुन नदिनका लागि सतर्कता अपनाउनुपर्ने भएकाले आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताए । 

उनका अनुसार एक हप्तापछि अस्पतालको अवस्था हेरेर अर्को निर्णय गरिने छ । हाल प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालमा २३ जना कोरोना संक्रमित उपचाररत छन् । साथै उनले कोरोना संक्रमणबाट जोगिन सबैलाई अपिल गरेका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.