पर्सामा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, ४५ को मृत्यु

पर्सामा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, ४५ को मृत्यु

वीरगन्ज : कोरोना भाइरस संक्रमणको हट स्पट बनेको पर्सा जिल्लामा संक्रमितको संख्या २ हजार नाघेको छ । बुधबार राती थप २४ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या २ हजार २२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राती ५ सय १० जनाको स्वाब नमुना परीक्षण गर्दा पर्साका २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।

उनका अनुसार, जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक, उनकी श्रीमति र छोरामा पनि संक्रमण भेटिएको छ । यस्तै पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ७ जना र कालिकामाई गाउँपालिका ५ विरन्चीवार्वाका ५ जनामा पनि बुधबार राती कोरोना संक्रमण पुष्टि भएको चौरसीयाले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का २ जना तथा वडा नम्बर ८, १० ,  १३ , १४ र २६ का १÷१ जनामा पनि संक्रमण भेटिएको  उनले बताए । २ जना सशस्त्र प्रहरीमा पनि संक्रमण पुष्टि भएको जानकारी उनले दिए । 

साउन यता मात्रै १८ सय ६१ मा संक्रमण पुष्टि 

पर्सामा साउन यता मात्रै १ हजार ८ सय ६१ जना संक्रमित थपिएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार, असार मसान्त सम्म पर्सामा १६१ जनामा मात्र संक्रमण भेटिएको थियो । ती मध्ये १५९ जना निको भइ घर फर्किएपछि असार अन्तिममा वीरगन्ज स्थित कोभिड अस्पतालको आइशोलेसनमा २ जना मात्र संक्रमित उपचाररत थिए ।  तर साउन महिना शुरु भएपछि परिक्षणको दायरा बढाइएका कारण त्यस यता दिनहु अत्याधिक संख्यामा  संक्रमित थपिदै गएका छन् । 

समुदायस्तरमै पुगेर स्वाब संकलन गर्नुका साथै संक्रमितको कन्टयाक्ट ट्रेसिङ र सशुल्क परीक्षण पनि थालिएकाले संक्रमितको संख्या बढ्दै गएको हो ।  जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार, पर्सामा १ सय ३२ जना स्वास्थ्यकर्मी, ८७ जना सुरक्षाकर्मी, १३ जना पत्रकार, ९८ जना कैदी थुनुवा , ४९ जना अस्पताल सफाइकर्मी र ३ जना एम्बुलेन्स चालक पनि संक्रमित भएका छन् ।

४ सय ४४  जनाले जिते कोरोना 

प्रशासकीय अधिकृत श्रीवास्तवका अनुसार पर्सामा बुधबार साँझसम्म ४ सय ४४ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किसकेका छन् । बुधबार साँझ मात्रै ६६ जना डिस्चार्ज भएका थिए । 

उनका अनुसार , पर्साका दुईवटा कोभिड अस्पतालमा गरी अहिले ४१ महिला र १ सय ९ पुरुष गरि १५० संक्रमित उपचाररत छन् । यस्तै आफ्नै घरको होम आइसोलेसनमा ६ सय ५३ जना रहेको श्रीवास्तवले जानकारी दिए । अरु संक्रमितहरु वीरगन्जका विभिन्न नीजी अस्पताल, धर्मशाला र विद्यालयमा बनाइएका सेमी आइसोलेसनमा छन् । 

पर्सामा बुधबार साँझ‍सम्म पीसीआर परीक्षणका लागि १८ सय ४ सय ९१ जनाको स्वाब संकलन भएकोमा १ सय ७५ जनाको भने रिपोर्ट आउन बाँकी रहेको श्रीवास्तवले जानकारी दिए । 

वीरगन्जमा ४५ जनाको मृत्यु 

पर्साको वीरगन्जस्थित अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण बिहीबारसम्म ४५ जनाको मृत्यु भएका छ ।  वीरगन्जमा पछिल्लो १४ घण्टाको अवधीमा मात्रै थप ३ जनाको मृत्यु भएको हो । वीरगन्जमा साउन यतामा मात्रै ४१ जनाको मृत्यु भएको हो ।

वीरगन्जमा कोरोनाका कारण मृत्यु भएका ४५ मध्ये १ बेवारिसे युवकसहित पर्साका ३३ जना , बाराका १० जना र रौतहटका २ जना रहेका छन् । वीरगन्जमा समुदायस्तरमै संक्रमण फैलिएर दिनहुँ संक्रमितको संख्या बढ्दै गएपछि बैशाख १० गते देखि नै निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञालाइ कडाइका साथ लागू गराउन स्थानीय प्रशासनले वीरगन्जमा नेपाली सेना समेत परिचालन गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.