निषेधाज्ञा उलंघन गर्ने १२ जना पक्राउ
जाजरकोट : स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उलंघन गर्ने जाजरकोट सदरमुकाम खलंगाका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाममा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले भदौ ८ गते रातीदेखि १५ गते राती सम्मका लागि निषेधाज्ञा जारी गरेको छ। उक्त आदेशको उलंघन गदै बाटोमा हिड्ने १२ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय बुझाईएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए।
पक्राउ परेका उनीहरुलाई प्रशासनले एक सय जरिवाना गरेर अब उर्पान्त निषेधाज्ञा उलंघन नगर्ने कागज गराएर छोडेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताए। जिल्ला सदरमुकाममा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नगरपालिकाका कर्मचारी, बैकका कर्मचारी र स्थानिय गरी २४ जनामा संक्रमण देखिएको छ। संक्रमितको सम्पर्कमा पुगेका थप तीन सय जनाकोे स्वाव संकलन गरी परिक्षणका लागि सुर्खेत पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !