पर्सामा ४२ जना संक्रमित थपिदा १०३ डिस्चार्ज

पर्सामा ४२ जना संक्रमित थपिदा १०३ डिस्चार्ज

वीरगन्ज : पर्सामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राती गरिएको परीक्षणमा पर्साका थप ४२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए । 

प्रयोगशालामा बिहीबार राती ३ सय ८ जनाको स्वाबको नमूना परीक्षण गर्दा पर्साका ४२, बाराका १२, रौतहटका २ र सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको चौरसीयाले बताए । बिहीबार राती पर्सामा थपिएका ४२ जनामध्ये वीरगन्ज महानगरपालिकाको वडा नम्बर नमबर ११, १२, १३, २१, र २७ का गरि ३९ जना रहेका छन् ।

यस्तै पर्साको कालिकामाइ गाउँपालिका २ भेडिहारीका २ जना र पर्सागढी नगरपालिका ८ हरपुरमा एकजनामा संक्रमण भेटिएको प्रवक्ता चौरसीयाले जानकारी दिए । बिहीबार ४२ जना थपिएसँगै पर्सामा संक्रमितको संख्या  २ हजार ६४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

एकै दिन १०३ जना डिस्चार्ज

यसैबीच पर्सामा एकैदिन १ सय ३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् । वीरगन्जस्थित २ वटा कोभिड अस्पताल र पोखरीया अस्पतालको आइसोलेसन गरी बिहीबार साँझ १ सय ३ जना संक्रमित निको भइ डिस्चार्ज भएर घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए । 

यस्तै बुधबार साँझ पनि ६६ जना निको भइ घर फर्किएका थिए । पर्सामा अहिले सम्म ५४७ जना निको भइ अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । श्रीवास्तवका अनुसार , वीरगन्ज स्थित दुईवटा कोभिड अस्पतालमा अहिले १३१ जना मात्रै संक्रमित उपचाररत छन् । यस्तै होम आइसोलेसनमा ८०४ जना संक्रमित छन् । 

विभिन्न अस्पतालका आइसोलेसन, धर्मशाला, होटल र विद्यालयका सेमी आइसोलेसनमा ३८३ जना संक्रमितलाइ राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.