वीरगन्जमा कोरोनाले थप तीन जनाको मृत्यु

वीरगन्जमा कोरोनाले थप तीन जनाको मृत्यु

वीरगन्ज : वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति दुई जना र शनिबार बिहान १ जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। 

मृतक  एक महिला र दुई पुरुष गरी तीनै जना वीरगन्ज महानगरपालिकाका स्थानीयवासीन्दा हुन्। वीरगन्ज महानगरपालिका- २२ मनियारीका ३७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको हो। 

वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेका ती पुरुषको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शुक्रबार राति १२ बजे काठमाण्डौ रिफर गरिएको थियो।

एम्बुलेन्समा राखेर काठमाडौं लैजाने क्रममा चितवनको मुग्लिनमा पुग्दा शनिबार बिहान ४ बजे उनको मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए। निमोनियाको समस्या भएपछि उनलाइ चार दिन पहिले तराई हस्पिटलमा भर्ना गरिएको थियो। त्यही उनको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएपछि शुक्रबार उनलाई वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो।  
 
यस्तै वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमै उपचारका क्रममा शुक्रबार राति ४३ वर्षीय एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका -१२ घर भएका ती पुरुषको उपचारका क्रममा शुक्रबार राति १२ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता चौरसीयाले जानकारी दिए। हेपाटाइटिस बी र एचआइभी एड्स संक्रमित रहेका ती पुरुषको स्वास्थ्यमा समस्या भएपछि तीन दिन पहिले नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। 

मेडिकल कलेजमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझ वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएको थियो। कोभिड अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार राति १२ बजे मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए। 

मृत्युपछि कोरोना पुष्टि

यसैगरि वीरगन्जको नारायणी अस्पतालमा शुक्रबार साँझ मृत्यु भएकी वीरगन्ज महानगरपालिका-१२ मुर्लीकी ६५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।  अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि ती महिलाको स्वाब संकलन गरी अस्पतालकै प्रयोगशालामा परीक्षण गर्दा शुक्रबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डाक्टर चौरसीयाले जानकारी दिए। 

श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाइ शुक्रबार अपरान्ह नारायणी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार साँझ साढे ५ बजे उनको मृत्यु भएको थियो। थप ३ जनाको मृत्यु भएसंगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ। साउन यतामा मात्रै ४४ जनाको मृत्यु भएको हो।
वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४८ जनामध्ये १ बेवारिसे युवकसहित पर्साका ३६ जना, बाराका १० जना र रौतहटका २ जना रहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.