पर्सामा ३१ जना कोरोना संक्रमित थपिए

पर्सामा ३१ जना कोरोना संक्रमित थपिए

वीरगन्ज : पर्सामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशालमा शुक्रबार राति गरिएको परीक्षणमा पर्साका ३१ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।

संक्रमण पुष्टि भएका पर्साका ३१ जनामध्ये वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २, ३,  ६, १० र  २१ का गरी १८ जना छन् । पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ३ का ६ जना, वडा नम्बर ४ का ४ जना, कालिकामाई गाउँपालिकाको वडा नम्बर ३ हरिहरपुरका २ जना र वडा नम्बर  २ भेडिहारीका १ जनामा शुक्रबार राति संक्रमण पुष्टि भएको हो । 
शुक्रबार राति ३१ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या २ हजार ९५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पर्सामा शुक्रबार साँझसम्म ५ सय ८६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् । शुक्रबार साँझ पनि ३९ जना अस्पतालबाट डिस्चार्ज भएका थिए । 

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार वीरगन्जस्थित दुई वटा कोभिड अस्पतालमा अहिले ९२ पुरुष र ३९ महिला गरी १ सय ३१ जना  संक्रमित उपचाररत छन् ।
 यस्तै होम आइशोलेसनमा ८ सय १९  जना संक्रमित छन् । विभिन्न अस्पतालका आइशोलेसन, धर्मशाला, होटल र विद्यालयहरुका सेमी आइशोलेसनमा ३ सय १९ जना संक्रमितहरुलाई राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.