अछाममा ७०६ संक्रमित निको भएर घर फर्किए
अछाम : अछाममा ७ सय ६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। ८ सय ७१ जना कोरोना संक्रमितमध्ये ७ सय ६ जना निको भएर घर फर्किएका स्वास्थ कार्यालय अछामले जनाएको छ।
साँफेबगर नगरपालिकाका १ सय ६०, रामारोशन गाउँपालिका १ सय १९, मेल्लेख गाउँपालिका १ सय १७, मंगलसैन नगरपालिका ७७, बान्नीगढी गाउँपालिका ५३, पन्चदेवल बिनायक नगरपालिकाका ५०, तुर्माखाँद गाउँपालिका २३, ढकारी गाउँपालिकाका १९, चौरपाटी गाउँपालिकाका ५३, कमलबजार नगरपालिकाका २५ जना निको भएर घर फर्किएका स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए।
जिल्लामा अहिलेसम्म ६ हजार ९ सय ९० जनाको स्वाब संकलन गरिएको छ। ५ हजार ३ सय ६ जनाको रिर्पोट नेगेटिभ आएको छ भने ७ सय ९१ जनाको रिर्पोट आउन बाँकी रहेको छ। जिल्लामा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भइसकेको छ।
अछाममा १ सय ७ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ। जन्मेदेखि ५ वर्ष उमेर समुहका ४९, ५ देखि १० वर्षका ४० र १० देखि १५ वर्षका १८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ कार्यालय अछामले जनाएको छ। सबैभन्दा कम संक्रमित ६५ वर्षमाथिका ८ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस !