पर्सामा थप ४७ जनामा संक्रमण पुष्टि

पर्सामा थप ४७ जनामा संक्रमण पुष्टि

वीरगन्ज : पर्सामा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोशालमा शनिबार राति गरिएको परीक्षणमा पर्साका ४७ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। 

संक्रमण पुष्टि भएका पर्साका ४७ जनामध्ये वीरगन्ज महानगरपालिकाको विभिन्न वडाका २६ जना छन्। यस्तै पर्साको पोखरीया नगरपालिकाका १२ जना रहेका छन्। 

शनिबार राति थप ४७ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या २ हजार १ सय ६० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। यसैबिच शनिबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाराका पनि ३० जनामा संक्रमण पुष्टि भएको छ। 

बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडामा २१ जना, जितपुर–सिमरा उपमहानगरपालिकामा २ जना, विश्रामपुर गाउँपालिकाका ३ जना र महागढीमाई नगरपालिकामा चार जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.