पर्सामा आइतबार ३७ जनाले कोरोना जिते

पर्सामा आइतबार ३७ जनाले कोरोना जिते

वीरगन्ज : पर्सामा आइतबार थप ३७ जना कोरोना मुक्त भएका छन्। पोखरीया नगरपालिकामा मात्रै आइतबार २५ जना कोरोना मुक्त भएका हुन्।

संक्रमित भएपछि होम आइसोलेसनमा बसेका पोखरीया नगरपालिकाका ४ जना वडा अध्यक्षसहित २५ जनाको दोश्रो पटक गरिएको पीसीआर रिपोर्ट आइतबार नेगेटिभ आएपछि उनीहरु कोरोना मुक्त भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। यस्तै आइतबार नै  वीरगंज हेल्थ केयर कोभिड अस्पतालबाट ८ जना , गण्डक अस्थायी कोभिड अस्पतालबाट ३ जना र होटल विजयज्योतिको सेमि आइसोलेसनबाट १ जना निको भइ घर फर्किएका छन्।
 

योसँगै पर्सामा कोरोनाबाट निको हुनेको संख्या ६ सय ८४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। अब वीरगन्जको गण्डक कोभिड अस्पतालमा  ५२ जना र वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा ४५ जना संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए। 

जिल्लाका विभिन्न स्थानमा संचालित सेमी आइसोलेसनमा ३ सय ९८ जना संक्रमित रहेको श्रीवास्तवले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.