वीरगन्जमा पनि 'प्लाज्मा थेरापी' बाट कोरोना संक्रमितको उपचार

वीरगन्जमा पनि 'प्लाज्मा थेरापी' बाट कोरोना संक्रमितको उपचार

वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गर्न थालिएको छ ।  नारायणी अस्पततालमा उपचाररत रहेका सर्लाहीको चकरघट्टा गाउँपालिका ३ सुन्दरपुरका ३५ वर्षीय पुरुषको आइतबा राती प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको उपचारमा संलग्न डाक्टर उदयनाराण सिंहले जानकारी दिए । 

आइसीयूमा भर्ना रहेका ती पुरुषको प्लाज्मा थेरापीबाट उपचार थालिएसँगै उनको स्वास्थ्यमा सुधार पनि आइरहेको डाक्टर सिंहले बताए । एक हप्तादेखि ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या भएपछि उनलाई गत शनिबार परिवारका सदस्यले वीरगन्जको नारायणी अस्पतालमा ल्याएर भर्ना गराएका थिए ।
आइतबार उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । 

आइसीयुमा भर्ना गरिएका उनमा कोरोनाको गम्भीर किसिको लक्षण देखिएको र स्वास्थ्यमा सुधार पनि नभएपछि प्लाज्मा थेरापी विधिबाट उपचार थाल्ने निर्णयमा आफूहरु पुगेको डाक्टर सिंहले बताए । 

यसका लागि कोरोनामुक्त भइसकेका नारायणी अस्पतालकै एक पूर्व कर्मचारीले आफ्नो रगत दिएको र त्यही रगतबाट प्लाज्मा निकालेर संक्रमित पुरुषको शरीरमा चढाइएको जानकारी डाक्टर सिंहले दिए । 

आइतबार राती १२ बजेतिर ती संक्रमित पुरुषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको भन्दै डाक्टर सिंहले भने, 'यो विधिबाट २ घण्टासम्म उपचार गरियो, त्यसपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ, यसले हामीलाई उत्साहित बनाएको छ। उनमा यो विधि सफल भए नभएको अन्तिम नतिजाका लागि भने  २४ घण्टा कुर्नुपर्छ ।'

प्रदेश नम्बर २ मा पहिलो पटक वीरगन्जमै प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार गर्न थालिएको उनले बताए ।  यसअघि काठमाडौं उपत्यकाबाहेक प्रदेश १ को धरान र प्रदेश ५ का बुटवलमा प्लाज्मा थेरापी विधिबाट संक्रमतिको उपचार गरिएको थियो । 

डाक्टर सिंहका अनुसार, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले तय गरेको मापदण्ड अनुसार नै वीरगन्जमा पनि संक्रमितको प्लाज्मा थेरापीबाट उपचार थालिएको हो ।

प्लाज्मा थेरापी विधिबारे जानकारी दिँदै डाक्टर सिंहले भने, 'कोरोना संक्रमण लागेर निको भइसकेको १४ दिनपछि कोरोना मुक्त ती व्यक्तिको रगतमा एन्टीबडी निर्माण हुन्छ, रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमण भएको व्यक्तिलाई दिइन्छ, रिकभर्ड प्लाज्माले भाइरसलाई न्युट्रलाइज गर्छ ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.