वीरगन्जमा पछिल्लो १४ घण्टामा ४ जनाको मृत्यु

वीरगन्जमा पछिल्लो १४ घण्टामा ४ जनाको मृत्यु

वीरगन्ज : वीरगन्जमा मङगलबार कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। बाराको कोल्हबीका ६० वर्षीय पुरुषको मङगलबार बिहान मृत्यु भएको हो।  

वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको आइसियुमा ७ दिनदेखि उपचाररत ती पुरुषको बिहान ४ बजेर ५० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। मधुमेहका रोगी रहेका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गते गण्डक अस्थायी कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मङगलबार बिहान ४ बजेर ५० मिनेटमा मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए।

वीरगन्जमा कोरोनाले पछिल्लो १४ घण्टामा ४ जनाको मृत्यु भएको प्रवक्ता चौरसीयाले जानकारी दिए। मङगलबार नै बिहान वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा वीरगन्ज २० हरपतगन्जका ५३ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो। कोभिड अस्पतालको आइसियुमा १८ दिनदेखि उपचाररत ती पुरुषको मङगलबार बिहान १ बजे मृत्यु भएको प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। 

यस्तै सोमबार राति नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा ६० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो। सडकमा बिरामी अवस्थामा बेवारिसे भेटिएका ती पुरुषलाई भदौ १३ गते उद्धार गरी नारायणी अस्पतालको आकस्मिक उपचार कक्षमा भर्ना गरिएको थियो। मृत्युपछि उनको स्वाब संकलन गरि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। 

यसैगरि सोमबार अपरान्ह साढे ३ बजे वीरगन्ज २४ बहुअरी गाँउका ८० वर्षीय संक्रमित पुरुषको वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। वीरगन्जमा कोरोनाका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ५४ पुगेको छ। साउन यता मात्रै ५० जनाको मृत्यु भएको हो। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ५४ मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ४० जना , बाराका १० जना र रौतहटका ४ जना रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.