पर्सामा थप १७ जनामा कोरोना संक्रमण
वीरगन्ज : पर्सामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोशालमा सोमबार राति गरिएको परीक्षणमा पर्साका १७ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए।
संक्रमण पुष्टि भएका पर्साका ४७ जनामध्ये कालीकामाई गाउँपालिका वडा नम्बर ५ का ५ जना र विन्दवासीनी गाउँपालिका वडा नम्बर २ का १ जना छन्।
यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ८ र १२ का २-२ जना, वडा नम्बर ११ , १२ , १४ , १६ र २५ का १-१ जनामा पनि सोमबार राति संक्रमण पुष्टि भएको डाक्टर चौरसीयाले जानकारी दिए।
यस्तै बाराको कलैया उपमहानगरपालिका ७ का १ जनामा पनि संक्रमण भेटिएको डाक्टर चौरसीयाले बताए। नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति ४ सय १० जनाको स्वाब परीक्षण गर्दा पर्साका १७ र बाराका १ गरी १८ जनामा मात्रै संक्रमण भेटिएको डाक्टर चौरसीयाले जानकारी दिए। सोमबार राति पर्सामा १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार २ सय ११ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !