वन फडानी प्रकरण : अनुसन्धान सुरु

वन फडानी प्रकरण : अनुसन्धान सुरु

डडल्धुरा : डडेल्धुरा भित्रिमधेश आलिताल गाउँपालिका मा सालको वन फडानीका विषयमा तीव्र अनुसन्धान भई रहेको छ। वन फडानी प्रकरणका मुछिएका मानिसको अनुसन्धान भई रहेको छ। अवैध रुपमा काटिएको काठका विषयमा छानविन गर्न थप तीन जनालाई मगंलबार हिरासतमा लिई अनुसन्धान थालिएको छ। भने अनुसन्धाका क्रममा जानकारीमा आएका अन्य मानिसको समेत खोजिकार्य भईरहेको छ।

अवैध रुपमा सालको काठ काटी लुकाई छिपाई राखेको काठ जगंल, घर छेउ, वारि, र खोला किनारबाट बरामद गरिएको थियो। सडक निर्माण गर्दा सामुदायिक र राष्ट्रिय वनक्षेत्रमा रहेका सालका रुखहरु काटि १ सय १० गोलिया भन्दा बढी काठ स्थानीय चिरान गाउको वरिपरि लुकाएर राखेका अवस्थामा भेटिएको हो। भने अन्य स्थानीयको घरबाट समेत सालको काठ बरामद भएको वन कार्यालयले जनाएको छ।

आलिताल गाउँपालिका-८ गोदाम-डोला-चिरान चक्रपथ जोड्ने सडकमा सामुदायिक र राष्ट्रिय वनक्षेत्र रहेको छ। गाउँपालिका को समपुरक बजेटबाट चक्रपथ सडकको निर्माण सुरु भएको हो। तर उक्त सडकमा सालका काठ वतावरणीय प्रभाव मुल्याकंन नगरि कनै अवैध रुपमा काटिएको थियो। आलितालको वडा नं ८ मा रहेको रजनी सामुदायिक वन क्षेत्रमा पर्ने चिरान गाउमा दुई हजार बढी क्युफिट सालको काचो काठ बरामद गरि डिभिजन वन कार्यालयले अहिले काठ काट्ने मानिसको खोजि कार्य समेत गरि रहेको छ।

अवैध रुपमा रुख काटिएपछि वन डिभिजन कार्यालयले अनुसन्धान तीव्र रुपमा गर्न थालेको छ। अहिले सम्म पाँच जना पक्राउ परेसवैलाई हिरासतमा राखि डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डवलबहादुर बोहराले जाकारी दिए। वन कार्यालयले गाउँपालिका सगं जवाफ मागे पछि थप तिन जनालाई पक्राउ गरिएको निमित्त वन अधिकृत बोहराले बताए।

निर्माण कम्पनी उग्रतारा कन्ट्रक्सनसँग उक्त चक्रपथ निर्माण गर्नका लागि जिममेवारी लिएका एक जना र अरु दुई जना गरी तीन जनालाई नियन्त्रण लिएको हो। अनुसन्धान जारी छ।बयानका आधारमा अदालतमा रिपोर्ट पेश गर्ने निमित्त वन अधिकृत बोहराले बताए। पक्राउ गरिएका मानिसको नाम भने गोप्य राखिएको छ। यस अघि एक जना सामुदायिक वनका अध्यक्ष र एक जना गोलिया ताछ्दै गरेका स्थानिय लाई नियन्त्रण लिएको थियो।

असार महिनामा सडक निर्माण गर्दा सालका रुख काटिएका थिए। रुख काटिएको भदौ पहिलो साता मात्रै वन कार्यालयले जानकारी पाएको थियो। रुखका गोलिया बनाई लुकाई राखेको अवस्थामा काठ बरामत गरिएको थियो। १४ वटा सिंगो रुख काटिएको अवस्थामा फेला परेको जानकारी दिइएको छ। विभिन्न स्थानीय व्यक्तिको घरबाट समेत काठ बरामद गरिएको थियो। उनीहरुको खोजिकार्य गर्नका लागि पत्र काटिसकेको वन कार्यालय डडेल्धुराले जनाएको छ।

रुख कटानका लागी प्रयोग भएका मेसिन औजार बरामत हुन सकेका छैनन्। निमित्त वन अधिकृत बोहराले भने, निमार्ण कम्पनीका सञ्चालकसँग अनुसन्धान जारी छ। बयानका आधारमा रुख काट्न प्रयोग भएका मेसिन, औजार नियन्त्रणमा लिइने बताए। अवैध वन फडानी भएको घट्नाको गहन अनुसन्धान भईरहेको छ। दोषि जो कोही पनि उम्किन नसक्ने र वन ऐन नियम र कानुन बमोजिम सजाय पाउने डिभिजन वन कार्यालयले जनायो। सालका रुखहरु काट्नमा स्थानीय र जनप्रतिनिधीको समेत संलग्नता हुन सक्ने आशंका गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.