पर्सामा थप ६९ जनामा संक्रमण
वीरगन्ज : पर्सामा थप ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा पर्साका ६९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए।
वीरगंज महानगरपालिकाका विभिन्न वडाका ४९ जनामा संक्रमण भेटिएको हो। वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का ७ जना, वडा नम्बर ११, १३ र २१ का ४-४ जना, वडा नम्बर १० र २१ का ३-३ जना, वडा नम्बर २, १५ , १६ र १७ का २-२ जना तथा वडा नम्बर ४, १२ र १८ का १-१ जनामा संक्रमण पुष्टि भएको डाक्टर चौरसीयाले जानकारी दिए।
यस्तै बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ र ५ का गरी ५ जना, पोखरीया नागरपालिकाको वडा नम्बर ४, र १० का ४ जना, पर्सागढी नगरपालिकाको वडा नम्बर ४ र ८ का ७ जना र कालिकामाई गाउँपालिकाको वडा नम्बर २ का ४ जनामा पनि बुधबार राति संक्रमण पुष्टि भएको हो। बुधबार राति थप ६९ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ४४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
यसअघि मङगलबार राति पनि पर्साका ६४ जनामा संक्रमण पुष्टि भएको थियो। यसैबिच वीरगन्जको नारायणी अस्पतालकै प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा बाराका २४ जना र रौतहटका १७ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले जानकारी दिए।
पर्सामा अहिलेसम्म ८ सय ५६ जना संक्रमित निको भइसकेका छन्। बुधबार मात्रै १ सय ९ जना संक्रमित निको भइ कोरोनामुक्त भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !