कोरोना जित्ने भन्छन् : अस्पतालदेखि घरसम्म विभेद हुँदो रहेछ

कोरोना जित्ने भन्छन् : अस्पतालदेखि घरसम्म विभेद हुँदो रहेछ

इलाम : कोरोना जितेर बाहिर निस्केकी सूर्योदय नगरपालिका १० कि सिर्जनाले कुराकानीकै सुरुमा सर्त राखिन्, ‘फोटो खिच्ने र भिडियो बनाउने भए कुरा नगरौं।’ उनी थपिन्, ‘कोरोना लागेको भनेपछि समाजको हेर्ने दृष्टि ने फरक हुँदो रहेछ।’

तीस महिना कुवेतमा घरेलु कामदारको रुपमा काम गरेर फर्केकी उनलाई सूर्योदय नगरपालिकाको क्वारेनटाइनमा बसेको समयमा कोरोना पुष्टि भयो। कोरोना पुष्टि भएपछि विराटनगर लगियो। कोरोनाले निक्कै गाह्रो बनाउने कुरा सुनेकी उनलाई भने कोरानाको प्रभाव महसुस भएन। उनले भनिन्, 'अरुले भने जस्तो केहि लक्षण देखिएन, पीडा पनि भएन।’

कोरानाले पीडा नदिए पनि समाजका मान्छे भने निकै सशंकित भएको उनको अनुभव छ। विराटनगरमा परीक्षणपछि घर फर्केकी उनले दाजुको घरमा बाँकी समय क्वारेन्टाइनमा बिताइन्। ‘भरखरै बाहिर आएकी छु, बाहिरका मान्छेमा एक प्रकारको त्राश देख्छु’, उनले भनिन्। 

समाजले हेर्ने दृष्टिका कारण रोगीमा थप पीडा थपिएको कोराना जितेर निस्केकाको अनुभव छ। सूर्योदय  नगरपालिकाका रविन भन्छन्, ‘हामी आफैं सजग छौं, यति नराम्रो गरी नतर्किए हुने जस्तो लाग्छ।’ कतारबाट फिरेका उनलाई पनि कोरोना पुष्टि भएपछि रोगले सताएको अनुभव भने भएन। तर विराटनगरको अस्पतालमा भने बिरामी भनेपछि परैबाट खाना फाल्ने, पशुजस्तै व्यवहार गर्ने गरेको उनले सुनाए। ‘विभेद र बहिष्कार त कोरोना अस्पतालमा पुग्नासाथ नै सुरु हुँदो रहेछ’, उनले भने, ‘त्यो विभेद घरसम्म पनि उत्तिकै भोग्नु परेको छ।’ 

रोगले नछोए पनि हुँदाखाँदाको रोजगारी गुमाएर आएका उनमा अबको दिनचर्याको विषयमा चिन्ता छ। उनी भन्छन्, ‘सरकारले रोजगारी दिने कुनै संकेत छैन, अहिले नै आफैं के गर्ने भन्ने योजना समेत बनाएका छैनौं।’

विदेशमा काम अनुसारको दाम पाएका उनीहरुलाई यहाँ भने विना उद्यम बस्नुपर्दा निक्कै पीडा भएको छ। सरकारले योजना सहित आफूहरुलाई सहयोग गर्नुपर्ने उनीहरुको माग रहेको छ। स्थानीय तहले रोजगारी गुमाएकालाई लक्षित गरेर कुनै योजना नबनाएको उनीहरुको आरोप छ। रोङ गाउँपालिकाका अध्यक्ष समसेर राई भने वेरोजगार युवाहरुलाई लक्षित गरेर न्युनतम राजगारीको योजना अघि सारेको बताउँछन्। उनले चालु आर्थिक वर्षका लागि रोजगारी गर्न चाहने युवाका लागि आवेदन खुलाएको जानकारी दिए। अन्य स्थानीय निकायले पनि कृषिलाई प्राथमिकता दिएर रोजगारीको सिर्जना गर्न लागेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.