पर्सामा १० दिनमा ५६८ ले जिते कोरोना : बिदा हुँदा स्वास्थ्यकर्मीसँग सेल्फी

पर्सामा १० दिनमा ५६८ ले जिते कोरोना : बिदा हुँदा स्वास्थ्यकर्मीसँग सेल्फी

वीरगन्ज : पर्सामा संक्रमितको संख्या दैनिक थपिदै गए पनि केही दिन यता डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ। पर्सामा पछिल्लो १०  दिन (भदौ ९ देखि १९ सम्म) मा मात्रै ५ सय ६८ जना संक्रमित डिस्चार्ज भएका छन्। 

शुक्रबार मात्रै पर्सामा ५४ जना संक्रमित निको भएर घर फर्किएका छन्। शुक्रबार वीरगन्जस्थित बाटीका होटलको आइसोलेसनबाट २३ र सिद्धार्थ माविको आइसोलेसनबाट १५ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

यस्तै वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालबाट १ पत्रकारसहित ८, गोपाल मण्डली अतिथी सदनको आइसोलेसनबाट ५ जना पनि शुक्रबार नै डिस्चार्ज भएको कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।

सँगै रानी पोखरी होटलको आइसोलेसन, गण्डक अस्थायी कोभिड अस्पताल र कलीकामाइ गाउँपालिकाको होम आइशोलेसनमा रहेका १ ÷१ जना पनि शुक्रबार नै कोरोना मुक्त भएको  श्रीवास्तावले बताए। 

यसअघि भदौ १८ गते ३६ , १७ गते एकै दिन १०९, १६ गते ४२, १५ गते २१, १४ गते ३७, १३ गते ६१, १२ गते ३९, ११ गते १०३ र भदौ १० गते ६६ जना कोरोना मुक्त भएका थिए। 
श्रीवास्तवका अनुसार पर्सामा शुक्रबार साँझसम्म कोरोनाबाट निको हुनेको संख्या १ हजार ३ सय २७ पुगेको छ। 

पर्सामा शुक्रबारसम्म २ हजार ३ सय ४४ जनामा सक्रमण पुष्टि भएको छ। ती मध्ये उपचारपछि १ हजार ३ सय २७ जना कोरोना मुक्त घर फर्किएको श्रीवास्तवले जानकारी दिए। 
अब पर्साको १ सय ७० बेडको २ वटा कोभिड अस्पतालमा ८९ जना मात्रै संक्रमित उपचाररत छन्। यस्तै होम आइसोलेसनमा ९ सय ८ संक्रमित छन्।

 जिल्लाका विभिन्न स्थानका विद्यालय, होटल र अतिथी सदनमा बनाइएका सेमी आइशोलेसनमा भने ३ सय २५ रहेको श्रीवास्तवले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.