कोरोना संक्रमित गर्भवतीले सुरक्षित रुपमा बच्चा जन्माइन्
कपिलवस्तु : कपिलवस्तुकी कोरोना संक्रमित एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् ।
बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा उनले शुक्रबार शल्यक्रियाबाट बच्चा जन्माएकी हुन् । कपिलवस्तु नगरपालिका–२ की ३० वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रादेशिक अस्पतालका सर्जन डाक्टर विष्णु गौतमको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ । शल्यक्रियामा नर्सिङ ईन्जार्ज ज्योति पौडेल, श्रृष्टि कोइराला, माधुरी ज्ञवालीलगायत नर्सिङ टोली संलग्न थिए ।
सुत्केरी आमा र बच्चाको कोरोना जाँच रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गर्ने जनाएको छ । लुम्विनी प्रादेशिक अस्पतालमा तीन जना कोरोना संक्रमित गर्भवती महिलाहरुको सफल शल्यक्रिया सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस !