वीरगन्जमा ७५ वर्षीय कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा ७५ वर्षीय कोरोना संक्रमितको मृत्यु

वीरगन्ज : वीरगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। पर्साको पकाहामैनपुर गाँउपालिका-२ का ७५ वर्षीय संक्रमित पुरुषको शुक्रबार राति मृत्यु भएको हो।

वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा १५ दिनदेखि उपचारररत ती पुरुषको शुक्रबार राति साढे ११ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए।

डाक्टर चौरसीयाका अनुसार क्षयरोगका पुरानो रोगीसमेत रहेका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ५ गते गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको दुवै फोक्सोमा निमोनिया भएको थियो। योसंगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

बालकको मृत्यु 

यसैबीच वीरगन्जकै नारायणी अस्पतालमा कोरोनाको शंकास्पद लक्षण रहेका एक बालकको शनिबार बिहान मृत्यु भएको छ। पर्साको विरुवागुठीका १२ वर्षीय बालकको नारायणी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले जानकारी दिए।

मृत्युपछि ती बालकको स्वाब संकलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा पठाइएको तर रिपोर्ट भने आई नसकेको डाक्टर चौरसीयाले बताए। 
निमोनियाले ग्रसित ती बालकलाई शुक्रबार दिउँसो नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.