कर्मचारीमा कोरोना पुष्टि भएपछि मालपोतका सेवा स्थगित
![कर्मचारीमा कोरोना पुष्टि भएपछि मालपोतका सेवा स्थगित](https://annapurnapost.prixacdn.net/media/albums/Malpot-office_20200906083102_wY6cVDEyc8.jpg)
स्याङजा : कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालयबाट हुने सेवाप्रवाह स्थगित गरिएको छ। एक सातादेखि अस्पतालमा उपचाररत उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।
कार्यालयका प्रमुख प्रकाश पौडेलले एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालयमा कार्यरत अन्य कर्मचारीका कन्ट्रयाक ट्रेसिङ् गर्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट उपलब्ध गराइने सेवाप्रवाह स्थगित गरिएको जानकारी दिए ।
उनले भू—सेवाका काम भने नरोक्न स्थानीय पालिकालाई आग्रह गर्दै कार्यालय संचालन हुने बित्तिकै यी काम प्राथमिकतामा राखेर काम गर्ने जारी सूचनामा उल्लेख गरिएको मालपोतका सूचना अधिकारी डोलराज थापाले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)