कालोबजारी गर्ने ३ किराना पसललाई १ लाख  १० हजार जरिवाना

कालोबजारी गर्ने ३ किराना पसललाई १ लाख  १० हजार जरिवाना

वीरगन्ज : कोरोनाको महामारीमा कालोबजारी गरी उपभोक्ता ठगेको भन्दै स्थानीय प्रशासनले वीरगन्जका ३ वटा पसललाई १ लाख १० हजार रुपैयाँ जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका अधिकृत दिलिप खङखत्वेको नेतृत्वमा आइतबार खटिएको बजार अनुगमन टोलीले ३ वटा पसललाई १ लाख १० हजार रुपैयाँ जरिवाना गरेको हो । 

वीरगन्जको पानगल्लीस्थित सुमित्रा ट्रेडर्स एन्ड सप्लायर्सलाई ५० हजार तथा पानगल्लीमै रहेको न्यू संतोष जेनरल स्टोर, जय पान पसल सेन्ट र रानीघाटमा रहेको न्यू हरिओम किराना पसललाइ जनही २०/२० हजार रुपैयाँ जरिवाना गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक र प्रहरीसहितको अनुगमन टोलीले पानगल्ली र रानीघाटका खाद्यान्न र किराना पसलमा आइतबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा ती ३ वटा पसलहरुले मूल्य सूची नराखेको, खरिद र बिक्री विल उपलब्ध गराउन नसकेको र म्याद गुज्रेका समान संचित गरी राखेको फेला परेकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ बमोजिमको जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका अधिकृत दिलिप खङखत्वेले जानकारी दिए । 

आर्थिक जरीवानाका साथै समबन्धित पसलका संचालकलाई खाद्य वस्तुहरुको कालोबाजारी तथा मूल्य वृद्धि नगरी बिक्री वितरण गर्न निर्देशन पनि दिइएको खङखत्वेले बताए । यसअघि भदौ १ गते पनि अनुगमन टोलीले वीरगन्ज बजारको अनुगमन गरी कालोबाजारी तथा मूल्य वृद्धि गरेर फलफूल बिक्री वितरण गरेको आरोपमा तीनवटा फलफूल पसललाई कारवाही गरी ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । कोरोनाको महामारीमा पसलेहरुले मुल्य वृद्धि गर्नुका साथै म्याद गुज्रिएका सामान बिक्री गरेको गुनासो उपभोक्ताहरुबाट आउन थालेपछि नियमित रुपमा बजार अनुगमन गर्न थालिएको खत्वेले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.