पाल्पामा समुदायस्तरमा फैलियो कोरोना

पाल्पामा समुदायस्तरमा फैलियो कोरोना

तानसेन : पाल्पामा दिनहुँ समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएको छ। आइतबार मात्रै पाल्पाका विभिन्न समुदायका १६ जनामा कोरोना संक्रमण देखिएको छ।  समुदायस्तरमा गरिएको स्वाब परीक्षणका क्रममा तिनाउँ गाउँपालिकाको विभिन्न समुदायमा ८ जना पुरुष, माथागढी गाउँपालिकाका विभिन्न समुदायका ५ जना पुरुष, रैनादेवी छहरा गाउँपालिकाको १ महिला, १ पुरुष, बगनासकाली गाउँपालिकामा १ गरी १६ जनामा कोरोना देखिएको हो।

आइतबार थपिएका संक्रमितमध्ये तिनाउ गाउँपालिकाका ८ जना पुरुष, रैनादेबीछहराका २ जना र माथागढीका २ जना समुदायका व्यक्ति रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत ओम प्रकाश पन्थीले बताए । 

यसअघि तानसेन नगरपालिकाका ७ जना, रम्भा गाउँपालिका ३ जना, रामपुर नगरपालिकाका २ जना, तिनाउँ गाउँपालिका र रिव्दीकोट गाउँपालिकामा एक/ एक जनामा समुदायस्तरका व्यक्तिमा सक्रमण देखिएको हो।  

यसअघि तिनाउ २ मा चियापसल गरिरहेकी महिलामा देखिएपछि उनीसँग सम्र्पकमा आएका अन्यको परीक्षणका क्रममा थप ८ जना समुदायस्तरका व्यक्तिमा संक्रमण देखिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीमगरले बताए ।

पछिल्लो समय पाल्पामा समुदायस्तरमा सक्रमितको संख्या हवात्तै बढेको छ । विधालयमा रहेका क्वारेन्टाइन हटाएपछि पछिल्लो समय होम क्वारेन्टाइनमा बस्ने क्रममा सक्रमण बढ्दै गएको छ । पाल्पामा रहेका करीब एक पचास विधालय क्वारेन्टाइन हटाएपछि अहिले पालिकाहरुले संक्रमितलाई होम आइसोलेसनमा व्यवस्थापन गर्दै आएका छन् । 

आइतबारसम्म पाल्पामा कुल संक्रमितको संख्या  सय ६ पुगेको छ । जसमध्ये ५ सय ६३ जना कोरोनामुक्त भएका छन् । संक्रमण भएकामध्ये २ जनाको निधन भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.