वीरगन्जमा प्लाज्मा थेरापीबाट उपचार गरिएका संक्रमितको मृत्यु

वीरगन्जमा प्लाज्मा थेरापीबाट उपचार गरिएका संक्रमितको मृत्यु

वीरगन्ज :  वीरगन्जमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचारका क्रममा सर्लाहीको चकरघट्टा गाँउपालिका ३ सुन्दरपुरका ३५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। 

७ दिनदेखि ज्वरो, ५ दिनदेखि खोकी र २ दिनदेखि स्वास प्रश्वासमा समस्या भएपछि भदौ १३ गते  नारायणी अस्पतालमा भर्ना गरिएका ती पुरुषमा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालको आइसियुमा भर्ना गरिएका उनको स्वास्थ्य अवस्था झन जटील बन्दै गएपछि भदौ १४ गते राति नै प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। 

प्लाज्मा थेरापी थालिएसँगै उनको स्वास्थ्यमा सुधार पनि आइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए। तर उपचारका क्रममा मुटुमा पनि समस्या देखिएको र मुटुको समस्या जटिल बनेर उनको आइतबार बिहान १० बजे मृत्यु भएको उपचारमा संलग्न चिकित्सक उदय नारायण सिंहले जानकारी दिए। 

सिंहका अनुसार उनी वीरगञ्जमा प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएका पहिलो संक्रमित थिए।

वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ। साउन यतामा मात्रै ५४ जनाको मृत्यु भएको हो।वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ५८ मध्ये २ बेवारिसे पुरुषसहित पर्साका ४१ जना,  बाराका १२ जना, रौतहटका ४ जना र सर्लाहीका १ जना रहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.