कोरोनाले कपिलवस्तुमा पत्रकारको मृत्यु
कपिलवस्तु : कपिलवस्तु : कोरोना संक्रमणका कारण एक पत्रकारको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तु नगरपालिकावडा - १ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
मधुमेह, उच्च रक्तचाप र मृगौला रोगको उपचार गराई औषधी खाईरहेका पत्रकारको आज दिउँसो कपिलवस्तु अस्पतालमा मृत्यु भएको हो। मृत्युपछि आएको स्वाब परीक्षणको रिर्पोट अनुसार उनमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कपिलवस्तु जिल्लामा रहेर उनले टेलिभिजन क्षेत्रमा दुई दशकबढी समयदेखि निरन्तर रुपमा पत्रकारिता गरिरहेका थिए।
प्रतिक्रिया दिनुहोस !