महामारीको मौका छोपेर कालोबजारी गर्नेलाई कारवाही

महामारीको मौका छोपेर कालोबजारी गर्नेलाई कारवाही

वीरगन्ज : कोरोनाको महामारीमा कालोबजारी गरी उपभोक्तालाई ठगेको गुनासो बढेपछि वीरगन्ज बजारमा केही दिनयता अनुगमन तीव्र पारिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयको टोलीले सोमबार पनि बजार अनुगमन गरी ५ किराना पसललाई आर्थिक जरिवाना गरेको छ।

सोमबार अनुगमन टोलीले ती पाँच वटा पसललाई ७० हजार रुपैयाँ जरिवाना गरेको हो। वीरगन्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनीस्थित मनिष गल्ला भण्डार एन्ड ट्रेड सप्लायर्स, शशि किराना पसल र सन्दिप किराना तथा गल्ला भण्डारलाई २०/२० हजार रुपैयाँ जरिवाना गरिएको हो।

यस्तै वीरगन्ज महानगरपालिका–१३ राधेमाईस्थित आसिका जनरल स्टोर र चन्दन ट्रेड इन्टरनेसनललाई ५/५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

आइतबार पनि अनुगमन टोलीले वीरगन्जका ४ किराना पसललाई १ लाख १० हजार रुपैयाँ जरिवाना गरेको थियो। सुमित्रा ट्रेडर्स एन्ड सप्लायर्सलाई ५० हजार तथा न्यू सन्तोष जनरल स्टोर, जय पान पसल सेन्टर र रानीघाटमा रहेको न्यू हरिओम किराना पसललाई जनही २०/२० हजार रुपैयाँ जरीवाना गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.