बाराका ६० वर्षीय संक्रमितको वीरगन्जमा मृत्यु

बाराका ६० वर्षीय संक्रमितको वीरगन्जमा मृत्यु

वीरगन्ज : वीरगन्जमा सोमबार राति थप एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० गन्ज्भवानीपुरका ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो। 

वीरगन्जको गण्डक बहुअरी स्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा ९ दिनदेखि उपचाररत ती पुरुषको सोमबार राति १० बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। मधुमेह र मुटुको समस्या रहेका उनमा भदौ १४ गते संक्रमण पुष्टि भएपछि त्यहि दिन वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। 

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ। साउन यतामा मात्रै ५६ जनाको मृत्यु भएको हो। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ६० मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ४२ जना, बाराका १३ जना, रौतहटका ४ जना र सर्लाहीका १ जना रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.