पर्सामा थप १३ जनामा संक्रमण पुष्टि

पर्सामा थप १३ जनामा संक्रमण पुष्टि

वीरगन्ज : पर्सामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति पर्सा, बारा र रौतहटका ५ सय ८० वटा स्वाबको नमूना परिक्षण गएिको थियो। तीमध्ये  पर्साका १३ , बाराका ९  र रौतहटका ७ गरी २९ जनामा संक्रमण भेटिएको हो। 

अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाका अनुसार, सोमबार राति पर्सामा थपिएका १३ संक्रमितमध्ये वीरगन्ज स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका १ सेना र तराई हस्पिटलका ३ जना छन्। यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १०, १२, १३ र १६ का १-१ जना, सखुवा प्रसौनी गाउँपालिकाका ३ जना र कालीकामाई गाउँपालिकाका २ जनामा पनि संक्रमण भेटिएको चौरसीयाले जानकारी दिए। 

योसँगै पर्सामा संक्रमितको संख्या २ हजार ४ सय १४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। डाक्टर चौरसीयाका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति नै गरिएको परीक्षणमा बाराका ९ जनामा पनि संक्रमण पुष्टि भएको छ। 

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ र १६ का १-१ जना, बारागढीका ४ जना, सुवर्ण गाँउपालिकाका १ जना र इलाका प्रहरी कार्यालय बारागढीका १ जना महागढीमाई नगरपालिका वडा नम्बर ४ का दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै रौतहटको गरुडा स्थित इलाका प्रहरी कार्यालयका ७ जना प्रहरीमा पनि सोमबार राति कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.