स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि हातपात

स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि हातपात

बैतडी : बैतडीको सिगास गाउँपालिकामा स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। सिगास गाउँपालिका वडा नं ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नं ५ ढुंगाडमा स्वाब संकलनका लागि हिडेका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि सोमबार हातपात भएको हो। 

भूमीराज आधारभूत विद्यालयमा वन सम्बन्धि बैठक चलिरहेको आफूले सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिए। उनले भने ‘विद्यालयमा बैठक चलिरहेको थियो। ती व्यक्ति मदिरा सेवन गरेर गालीगलौज पनि गरिरहेका थिए। मैले यस्तो बेला भीडभाड नगर्नुस् भनेर सम्झाउँदा ममाथि हातपात भयो।’

सिगास गाउँपालिका वडा नं ५ मा मंगलबार स्वाब संकलन गर्ने हिसाबले हिडेका स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि स्वाब संकलन कार्य समेत रोकिएको ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदले बताए। उनले भने ‘हामीले समुदायका मानिसको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी गरेका थियौं। तर स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमाथि हातपात भएपछि समस्या भएको छ।’

स्थानीयले हातपात गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट रहेको बताइएको छ। स्थानीयले आफूमाथि हातपात गरेपछि आज बिहान आफूले गाँजरी प्रहरीचौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी भुपेन्द्र बोहराले बताए। उनले भने ‘यसरी मलाई काम गर्न निकै असहज भएको छ। अहिले निवेदन दिनका लागि प्रहरीचौकीमा आएको छु। यसपछि के हुन्छ। त्यसपछि मात्रै कार्यक्षेत्रमा फर्किन्छु।’

बैतडीमा जिल्लाका प्रत्येक स्थानीय तहमा समुदायमा कोरोना परीक्षण गर्ने हिसाबले संक्रमिततका आफन्तहरुको स्वाब संकलन गर्ने कार्य भइरहेको छ। अहिलेसम्म ३७५ जनामा कोरोना पुष्टि भएको  छ भने ३६२ जना डिस्चार्ज भइसकेका छन्। जिल्लामा १३ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.