बैतडीमा थप १८ सय घरधुरीमा विद्युत विस्तार

बैतडीमा थप १८ सय घरधुरीमा विद्युत विस्तार

बैतडी : बैतडीमा गत आर्थिक वर्षमा थप १ हजार ८ सय घरधुरीमा विद्युत विस्तार भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा विद्युत विस्तार हुँदा थप १ हजार ८ सय घरधुरीमा विद्युत सेवा विस्तार भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिए । 

जिल्लाका १२ ठाउँमा ट्रान्सफर्मर राखेर विद्युत सेवा विस्तार गरिएको उनले जानकारी दिए । जिल्लाको सुर्नया गाउँपालिकाको शंकरपुर, पाटनको किम्तोली, बाटुलासौं, मजेरा, भडाली, डुब्केकोइरालीमा नयाँ ट्रान्सफर्मर राखिएको छ । 

यस्तै पञ्चेश्वरको जेबलकटट्या, बिजुल र सेलीमा नयाँ ट्रान्सफर्मर राखिएको छ भने डिलाशैनीको सेरी र दोगडाकेदारको सित्तडमा नयाँ ट्रान्सफर्मर राखिएको प्रमुख जोशीले जानकारी दिए । उनले भने, 'जिल्लामा विद्युत विस्तार कार्यक्रम अन्तर्गत विद्युत सेवा विस्तार गरिएको हो । विद्युत पहुँच नभएका ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर विद्युत विस्तार गरेका छौं ।'

यो संगै बैतडीका १५ हजार घरधुरीमा विद्युतको पहुँच पुगेको जोशीले जानकारी दिए  । नेपाल विद्युत प्राधिकरणको विद्युत विस्तार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा पनि विभिन्न ठाउँमा विद्युत विस्तार गर्ने लक्ष्य रहेको जोशीले बताए । उनले भने, 'विद्युत विस्तार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा पनि जिल्लाका विद्युतको पहुँच नपुगेका ठाउँमा विद्युत विस्तार गर्ने लक्ष्य छ ।'

गाउँमा विद्युत विस्तार भएसँगै स्थानीयबासीहरु पनि खुसी भएका छन् । विद्युतको पहुँच बढेपछि धेरै सजिलो भएको दोगडाकेदार ६ सित्तडका रामदत्त जोशीले बताए । उनले भने, 'विद्युत विस्तार भएसँगै गाउँमा मिलहरु सञ्चालन गर्न सजिलो भएको छ । अन्य इलेक्ट्रोनिक कामहरुमा समेत सहज भएको छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.