विजयराम मृत्यु प्रकरण : एसपीसहित ६  प्रहरीविरुद्ध जाहेरी दर्ता

विजयराम मृत्यु प्रकरण : एसपीसहित ६  प्रहरीविरुद्ध जाहेरी दर्ता

रौतहट : हिरासतमा रहेका एक युवालाई यातना दिएका कारण मृत्यु भएको घटनामा पीडित परिवारले रौतहटका तात्कालीन एसपीसहित जिल्लाका ६ प्रहरीविरुद्ध जाहेरी दिएका छन् ।

मृतक विजय रामका बाबु पनिलाल रामले  यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तात्कालीन प्रहरी प्रमुख एसपी रविराज खड्का सहित ६  प्रहरीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन्।

हिरासतमा यातना दिएको भन्दै  इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन डीएसपी ज्ञानकुमार महतो, जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक नवीन कुमार  सिंह, सई वीरेन्द्र यादव, प्रहरी हवल्दार हिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दर्ता भएको हो । 

आरोप लागेका प्रहरी प्रमुख खड्का हेडक्वाटर, डीएसपी महत्तो जनकपुर तानिएका थिए भने प्रहरी निरीक्षक सिंह र दुई हवल्दार निलम्बनमा परेका थिए ।

 जाहेरी जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको जानकारी दिएको  छ । साउन ३१ गते भएको निरन्जन रामको हत्याको आरोपमा पक्राउ परेका विजय रामको हिरासतमा  रहेका बेला यातना दिएर उनको भदौ ११ गते उपचारको क्रममा मृत्यु भएको परिवारको भनाइ छ ।

दोषीमाथि कारबाहीको माग गर्दै जाहेरी दर्ता भएको दलित अगुवा धर्मेन्द्र पासवानले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.