नर्स र प्रहरीसहित राजविराजमा १५ जना संक्रमित थपिए
![नर्स र प्रहरीसहित राजविराजमा १५ जना संक्रमित थपिए](https://annapurnapost.prixacdn.net/media/albums/corona_20200910120346_E08WSqVu7d.jpg)
राजविराज : करिब साढे तीन सय कैदीबन्दी रहेको सप्तरीको जिल्ला कारागारमा थुनामा रहेका ९ जना कैदीबन्दी र २ जना प्रहरीसहित सप्तरीमा बिहीबार पहिलो चरणमा १५ जनालाई कोरोना संक्रमण देखिएको छ।
कारागारका २ प्रहरी र ६ कैदीबन्दीमा भदौ १९ गते संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेकिङका आधारमा पीसीआर परीक्षण गरिएकोमा थप कैदीबनदी र सुरक्षा गार्डमा संक्रमित देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। कारागारका २४ र ३५ वर्षीय सुरक्षा गार्ड तथा २४, ३२, ४०, ४९, ६२, ६४ र २५ वर्षका तीन जना कोरोना संक्रमित भएका हुन्।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बिहीबार गरिएको परीक्षणअनुसार अस्पतालमा कार्यरत १ नर्स र १ स्विपर समेत संक्रमित भएका छन्। उनीहरु ३३ र ३८ वर्षीया महिला हुन्।
यसैगरी राजविराज नगरपालिका-३ का ७१ वर्षीय र वडा नम्बर-६ का २८ वर्षीय पुरुष समेत संक्रमित भएका छन्। यो सँगै सप्तरीमा संक्रमितको संख्या ९८९ पुगेको छ। अस्पतालमा बिहीबार राति दोस्रो चरणमा उच्च पदस्थ प्रहरी कर्मचारी र कैदीबन्दीको पीसीआर परीक्षण हुन लागेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)