कपिलवस्तुमा ४६ कोरोना संक्रमित थपिए
कपिलवस्तु : जिल्लामा ५ जना सुरक्षाकर्मी र १ जना वकिलसहित ४६ जना नयां कोरोना संक्रमित थपिएका छन्। कपिलवस्तु नगरपालिकामा २३ जना, मायादेवी गाउँपालिकामा १५ जना, वाणगंगा नगरपालिकामा ६ जना र शुद्धोधन गाउंपालिकामा २ जना नयां संक्रमित थप भएको कोरोना फोकल पर्सन कुमार थापाले बताए।
हाल सम्म जिल्लामा १ हजार २ सय २४ जनामा संक्रमित भई सकेका छन्। जस मध्ये १ हजार ६१ जना संक्रमणमुक्त भई सामान्य जीवनमा फर्किसकेका छन्। १ सय ५६ जनाले होम आईसुलेसन र सरकारी आईसुलेसन सेन्टरमा उपचाररत छन्। कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस !