कोरोनाले कपिलवस्तुका युवाको मृत्यु

कोरोनाले कपिलवस्तुका युवाको मृत्यु

कपिलवस्तु : कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलबस्तु नगरपालिका-६ का २९ वर्षीय पुरुष भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

गत २२ गते स्वास प्रश्वासमा समस्या देखिए पछि उनलाई थप उपचारका लागि काठमाण्डौं स्थित शिक्षण अस्पतालमा लगिएको थियो। शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए। उनी मृगौला र उच्च रक्तचापबाट विरामी भएका थिए। मृतक पुरुष दैनिक ज्याला मजदुरी गर्ने गरेका थिए। यो संगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.