सञ्‍चार गृहमै पत्रकारमाथि कुटपिट, कारवाही गर्न महासंघको माग

सञ्‍चार गृहमै पत्रकारमाथि कुटपिट, कारवाही गर्न महासंघको माग

धनगढी : धनगढीमा रहेको दिनेश सञ्चार गृहमा छिरेर पत्रकारमाथि आक्रमण भएको छ । धनगढीका १५/२० जना युवाको समूहले सञ्चार गृहभित्र छिरेर पत्रकारमाथि हातपात गरेका छन् । 'धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या' शीर्षकको समाचारलाई लिएर पत्रकारलाई उक्त समाचार हटाउन दबाब दिँदै हातपात गरेका हुन् । सञ्चार गृहका सह–सम्पादक जनक विष्टलगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेका छन् । 

घट्नाको नेपाल पत्रकार महासंघ कैलाली लगायत विभिन्न संघसंस्थाले घोर आपति जनाएका छन् । पत्रकार महासंघ कैलालीले सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि भएको आक्रमणको घटनाप्रति घोर निन्दा गरेको हो । 

महासंघले विज्ञप्ति जारी गर्दै घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सिङ्गो पत्रकारिता क्षेत्रमाथिको आक्रमणको घटनाका रुपमा लिएको जनाएको छ । 'समाचारको विषयमा कुनै विमति भए त्यसको समाधानका लागि कानुनी बाटो हुँदाहुँदै एकाएक सञ्चार गृहमा तथा पत्रकारमाथि आक्रमण गरिनुले पछिल्लो समय आम पत्रकारले असुरक्षित महसुस गर्नुपरेको महासंघको बुझाइ छ, ' महासंघका सचिव मीन ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

माहसंघलगायत जिल्लाका विभिन्न प्रेससँग आवद्ध संघ संस्थाले घोर निन्दा गरेका छन् । दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको थियो । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.