बागलुङमा पहिरोले पाँच घर पुर्यो, एक वेपत्ता
बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको जैमिनीमा सोमबार बिहान पाँच घर पुरिएका छन् भने एक जना बेपत्ता छन् । जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा पहिरोले पाँच घर पुरिएका हुन्। घरमाथिबाट पहिरो खस्दा ६८ वर्षीय हरिकृष्ण शर्मा बेपत्ता भएको वडा अध्यक्ष भुपेन्द्र थापाले बताए । घर पुरिए पनि परिवारका अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
पहिरोले स्थानीय पवित्रा देवी शर्मा, इन्द्रदेवी शर्मा, रत्न बहादुर क्षत्री र तारादेवी क्षेत्रीको घर पूर्णरुपमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । घटनास्थलमा स्थानीयका साथै तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी बेपत्ता भएका शर्माको खोजी तथा उद्दारको काम भइरहेको उनले बताए ।
अविरल वर्षापछि घर माथिबाट आएको पहिरोले पुरिएर टुनीबोटमै आइतबार ६३ वर्षीया लक्ष्मीदेवी उपाध्यायको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस !