वीरगन्जमा बाराकी कोरोना संक्रमित महिलाको मृत्यु

वीरगन्जमा बाराकी कोरोना संक्रमित महिलाको मृत्यु

वीरगन्ज : वीरगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । बाराको जितपुर सीमरा उपमहानगरपालिका १४ डुमरवानाकी ५५ वर्षीया संक्रमित महिलाको सोमबार बेलुकी मृत्यु भएको हो । 

वीरगन्ज स्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत ती महिलाको सोमबार बेलुकी साढे ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए । मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित ती महिलामा कडा खालको निमोनिया देखिएपछि सोमबार बिहान सवा ११ बजे उनलाइ नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । 

सोमबार उपचारकै क्रममा उनको स्वाब संकलन गरी जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६२ पुगेको छ । साउन यतामा मात्रै ५८ जनाको मृत्यु भएको हो ।

वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ६२ मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ४३ जना, बाराका १४ जना , रौतहटका ४ जना र सर्लाहीका १ जना रहेका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.