वीरगन्जमा २८० जनाको परीक्षण गर्दा ५ जनामा मात्रै कोरोना

वीरगन्जमा २८० जनाको परीक्षण गर्दा ५ जनामा मात्रै कोरोना

वीरगन्ज : पर्सामा १५२ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा ५ जनामा मात्र कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशगालामा मङगलवार राति पर्साका १५२ जनाको स्वाब परीक्षण गर्दा ५ जनामा मात्र संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। 

उनका अनुसार वीरगन्ज महानरपालिका वडा नम्बर ४ की २६ वर्षीया महिला, बहुदरमाइ नगरपालिकाकी २१ वर्षीया महिला र ४७ वर्षीय पुरुष पर्सागढी नगरपालिकाका ४१ वर्षीय पुरुष र नाारायणी अस्पतालमा उपचाररत ३० वर्षीय पुरुषमा संक्रमण भेटिएको हो। 

नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार कुल २८० स्वाबको परीक्षण गर्दा ५ जनामा मात्र संक्रमण भेटिएको र ती सबै ५ जना पर्सा जिल्लाका रहेको प्रवक्ता चौरसीयाले जानकारी दिए। 

 ५ जना थपिएसंगै पर्सा जिल्लामा संक्रमितको संख्या २ हजार ४५६ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए। 
 ती मध्ये १ हजार ८३७ जना निको भइ सकेका छन् । ४३ जनाको भने मृत्यु भएको छ। 

श्रीवास्तवका अनुसार अब पर्सामा कोभिड अस्पताल, होम आइशोलेसनन र सामुदायिक आइशोलेसनमा गरी १५२ जना मात्र सक्रीय संक्रमति रहेका छन्। 
वीरगन्ज स्थित कोभिड अस्पतालको आइशोलेसनमा अब ३७ जना, होम आइसोलेसनमा २१ जना र जिल्लाका विभिन्न स्थानका सेमी र सामुदायिक आइसोलेसन ८९ जना मात्रै संक्रमित उपचाररत रहेको श्रीवास्तवले जानकारी दिए ।  
 

११ दिनमा ८४ मात्रै संक्रमित थपिए , ३४५ जनाले कोरोना जिते

 साउन पहिलो साता देखि कोरोना संक्रमणको हटस्पट बनेको पर्सा जिल्लामा भदौ तेश्रो साता यतादेखि भने संक्रमणको  अवस्था सुधारोन्मुख देखिएको छ। 
 भदौ २० देखि ३० गते रातिसम्म (११ दिनको अवधिमा ) ८४ जना मात्र संक्रमित थपिएका छन् । उक्त ११ दिनको अवधिमै ३ सय ४५ जना संक्रमित भने कोरोना मुक्त भइ घर फर्किएका छन्। 

नयाँ संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएपछि वीरगन्जमा रहेका २ मध्ये एक कोभिड अस्पताल खाली भइसकेको छ। 
संक्रमणको अवस्था सुधारउन्मुख देखिएपछि वीरगन्जमा साउन १० गते देखि लगाइएको निषेधाज्ञा भदौ २६ गते देखि खुुकुलो पारेर शनिबार बाहेक  हप्तामा ६ दिन बजार खोल्न दिइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.