पर्वत कारागारका दुई कैदीको सजाय मिनाहा

पर्वत कारागारका दुई कैदीको सजाय मिनाहा

कुश्मा : पर्वत जिल्ला कारागारमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका दुई कैदीले संविधान दिवसको अवसरमा ५० प्रतिशत सजाय छुट पाएका छन्। पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीका अर्जुनदास बैरागी र महाशिला गाउँपालिका २ भोक्सिङका विजय कुमार नेपाली सजाय छुट पाएर जेल मुक्त भएका हुन्।

पर्वत कारागार र जिल्ला प्रशासन कार्यालय पर्वतको संयुक्त रोहबरमा कैद सजाय छुट गर्न मिल्ने कैदीहरुको नाम सिफारिस गरिएपश्चात् उनीहरुको सजाय छुट भएको हो। कुटवाचौपारकिा बैरागीले कुश्मा नगरपालिका १० पिपलटारीका कमल क्षेत्रीको ज्यान मारेको अभियोगमा १० बर्ष कैद सजाय सुनाइएर पर्वत कारागारमा सजाय भुक्तानको क्रममा थिए। उनी ५ बर्ष १ महिना ३ दिन कारागारमा बसेर ५० प्रतिशत सजाय भुक्तान गरेपछि उनी जेल मुक्त भएका हुन्।

त्यस्तै गौबध मुद्धाको अभियोगमा पर्वत जिल्ला अदालतबाट १ बर्ष ६ महिना कैद सजाय सुनाइएका महाशिलाका नेपालीले ९ महिना २३ दिन सजाय भुक्तान गरेपछि बाँकी कैद सजाय मिनाहा भएको हो। नेपाली र बैरागी दुवै जना शनिबार संविधान दिवसको अवसरमा जेलमुक्त भएर घर फर्केका छन्। कारागार प्रशासनले दुवैजनालाई आफन्तको जिम्मा लगाएर घर पठाएको पर्वत जिल्ला कारागारका निमित्त जेलर हरिकृष्ण शर्माले जानकारी दिए।

शर्माका अनुसार विशेष प्रकृति भन्दा बाहेकका मुद्धाहरुमा नेपाल सरकारले ५० प्रतिशत भन्दा बढी कैद सजाय भुक्तान गरिसकेका कैदीहरुको आचारण र व्यवहारमा सुधार आएर सजाय छुट दिन सकिने प्रावधान अनुसार उनीहरु जेल मुक्ता भएको बताए।  पर्वत जिल्ला कारागारमा रहेका ९४ जना कैदी बन्दी मध्ये अदालतबाट फैसला भएर सजाय भुक्तान गरिरहेका दुई जनाको नाम सिफारिस गरी कारागार व्यवस्थापन विभाग पठाएको र सोही अनुरुप उनीहरु जेलमुक्त भएको उनले बताए।

जेल मुक्त भएर फर्केपछि कटुवाचौपारीका बैरागीको गाउँमा खुशीयाली छाएको छ। शारिरीक रुपमा वाक अपाङ्गता रहेका बैरागी वास्ताविक अपराधी नभएको र उनको सजाय छुट भएर घर फर्किँदा ढिलै भएपनि न्यायको अनुभुति भएको स्थानीय समाजसेवी रामशर्मा पौडेलले बताए। उनी घर फर्केपछि परिवारका सदस्य र छरछिमेकीले समेत हर्षका आँशु बगाएको पौडेलले जानकारी दिए। ‘अति नै मिलनसार र कर्मयोगी व्यक्ति तोकिएको सजाय भुक्तान गर्नै नपरी घर फर्किँदा हामी सिंगो गाउँ खुशी भएको छ’ उनले निर्दोष व्यक्तिले सजाय पाउन नहुने टिप्पणी समेत गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.