तेल मिललाई दुई लाख जरिवाना
दाङ : दाङको तुलसीपुरमा रहेको एक तेल मिललाई तोकेको परिमाण भन्दा कम तौल भेटिए पछि वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले नेपालजञ्जले जरिवाना गरेको छ। बिक्रिका लागि तयारी अवस्थामा राखेको तेल नापजाँच गर्दा तौल कम भेटिए पछि तत्काल सुधार गर्ने निर्देशन दिँदै कार्यालयको अनुगमन टोलीले दुई लाख रुपैयाँ जरिवाना तोकेको हो।
तुलसीपुर उपमहानगरपालिका-५मा रहेको रिजाल वन्धु तेलमिल उद्योगलाई दुईलाख रुपैया जरिवानामा गरिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले नेपालजञ्जका प्रमुख कृष्ण पौडेलले जानकारी दिए। अनुगमन टोली नापतौल गर्दा सौगात ब्राण्डको सौगात शुद्ध तोरीको १ लिटर भनि प्याक गरिएको बोत्तलमा तोकिएको भन्दा कम परिमाण भेटिएपछि दुई लाख जरिवाना गरिएको वाणिज्य आपुत्र्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपागंञ्जका प्रमुख कृष्ण पौडेलले बताए। उनले जरिवानाको रकम एक सातासम्म बुझाईसक्नु पर्ने निर्देशन समेत दिइएको छ।
लामो समयसम्मको लकडाउनका कारण अनुगमनले निरन्तरता पाउन नसकेको गुणस्तर तथा नापतौल कार्यालय नेपालगंञ्जका वरिष्ठ निर्देशक योगेन्द्र पौडेलले बताए। समयमा बजार अुनमगन नहुँदा उपभोक्ता मारमा परेको हुदा अहिले छडेके अनुगमनलाई तिव्रता दिइएको उनले बताए। उपभोक्ताको हितका लागि १६ जिल्लामा मार्फत अनुगमनलाई निरन्तरता दिएको बताए। विभागले उपभोग्य बस्तुको गुणस्तर, नापतौल, मूल्य निर्धारणमा अनुगमन गर्दै आएको छ।
यसैगरी अनुगमन टोलीले रुबि स्टोर र बिजय स्टोरमा रहेका ४० हजार मुल्य बराबरको पोकाको तेल, चियापत्ति, जायपत्रि, मेहेन्दी लगाएत म्याद सकिएका सामान नष्ट समेत गरेको छ। अनुगमन गर्दा सामग्रीहरु म्याद गुज्रिएका, प्रयोगमा नआएका, मुल्य सुची नभएका र अनुमति नभएका सामानहरु सामग्रीहरु विक्रिबितरण गरेको पाईएको छ। भने केही पसलहरु दर्ता नभएरै सञ्चालन भएको भेटिएको पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !