पोखरामा अत्याधिक वर्षा :२२ वर्षअघिको रेकर्ड तोडियो

पोखरामा अत्याधिक वर्षा :२२ वर्षअघिको रेकर्ड तोडियो

पोखरा : नेपालमा सर्वाधिक पानी पर्ने शहर हो पोखरा। नेपालकै धेरै पानी पर्ने स्थान कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्ले गाउँ हो। लुम्ले गाउँसँगै जोडिएको पोखरा महानगरपालिकामा यस वर्ष वर्षा सुरु भएसँगै अंग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बर २० सम्म २२ वर्ष अघिको सर्वाधिक पानी परेको रेकड तोड्ने गरि पानी परेको छ।

पोखरामा अंग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बर २१ तारिख सम्मको समयमा ५२ सय ४४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम प्रसाद ढकालले जानकारी दिए। यस अघि सन् १९९८ को जुन १० देखि सेप्टेम्बर २३ सम्ममा सर्वाधिक पानी परेको रेकर्ड ४८ सय ७९ मिलिमिटर रहेको पनि कार्यालयका प्रमुख ढकालले बताए। नेपालमा अंग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बर महिनाको २३ तारिख सम्मलाई मौषम अवधी मानिन्छ। कुनै वर्ष यो समय २/३ दिन लम्बिने पनि उनले सुनाए। मौषम अवधी सकिन लागेकोले अब भने धेरै पानी नपर्ने उनले बताए।

पोखरामा वर्षभरिमा ३ हजार देखि ३२ सय मिलिमिटर वर्षा हुनुलाई औषत मानिन्छ। पोखरामा वर्षा मौषममा महिनामा ६४० मिलिमिटर पानी पर्नुलाई औषत भानिन्छ। यस वर्ष सेप्टेम्बर १ देखि २० तारिख सम्म सरदर ११ सय ७५ मिलिमिटर पानी परेको उनले बताए। वर्ष भरि सबैभन्दा धेरै पानी पर्ने महिना भनेको जुलाई र अगष्ट महिना हो। सेप्टेम्बर महिनामा पनि केही वर्ष धेरै पानी पर्ने गरेको उनले सुनाए। सन् १९९८ को सेप्टेम्बर महिनामा ७ सय ४० मिलिमिटर पानी परेको थियो। यसै गरि सन् २००७ को सेम्टेम्बर महिनामा ११ सय ८६ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कर्यालय पोखराको तथ्याङ्क रहेको छ। पोखरामा २४ घण्टामा सबैभन्दा धेरै पानी परेको रेकर्ड ३ सय ५७ मिलिमिटर हो। सन् २००१ अगष्ट महिनाको १८ तारिखमा २४ घण्टामा सर्वाधिक पानी परेको रेकर्ड कायम भएको थियो। यो रेकर्ड भने २२ वर्ष पछि सर्वाधिक पानी परेको वर्ष सन् २०२० मा पनि तोडीएको छैन।

दिनहुँजसो भीषण वर्षा भएकोले पोखरा वरपरका डाँडामा पहिरो गएका छन्। पोखरामा यही अवधीमा पहिरोबाट घर भत्कदा ११ जनाको मृत्यु भएको छ।  पोखरा १८ सराङ्कोटस्थित गोठादी, पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजा,  पोखरा २६ लेखनाथ, कास्कीको माछापुच्र्छे गाउँपालिका ८ स्थित खोराकोमुख लगायतका क्षेत्रमा पहिरो जाँदा ज्युधनको क्षति भएको हो।

दिनहुँजसो भीषण वर्षा भएकोले पोखराका बिभिन्न स्थानमा जमिन भाँसिएका छन्। भदौ ३१ गते पोखरा २२ पिपलडालीमा घरको एउटा कोठा नै भासिएको र तीन वटा घर बस्न नहुने गरि चर्केको छ। जमिन भाँसिदा तीन घर परिवार पक्की घर जोखिममा परेपछि टहरा बनाएर बस्दै आएको पोखरा २२ का वडा सदस्य मात्रिका बरालले बताए। पोखरा १७ मा पनि जमिन भाँसिदा ३ घर जोखिममा परेको पोखरा १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले जानकारी दिए।

भूक्षयले ताल जोगाउन मुस्कील तालै तालको शहर पोखरामा अत्याधिक पानी पर्दा यहाँका तालहरु जोखिममा परेका छन्। पोखराका ९ तालहरु मध्य फेवाताल उच्च जोखिममा रहेको हरियो वन कार्यक्रम चितवन–अन्नपूर्ण ल्याण्डस्केप (चाल) का फिल्ड कोअर्डिनेटर पूर्णबहादुर कुँवरले बताए। भूक्षय नियन्त्रण गर्न हरियो वन कार्यक्रम अन्तर्गत फेवातालको जलाधार क्षेत्रको अधिकारीडाँडा लगायतका क्षेत्रमा पाँच वर्षे कार्यक्रममा कफीका विरुवा रोप्न लगायतका काम भएको उनले बताए। यसै गरि जैविक इन्जिनियरिङ बिधि अनुसार  अधिकारी डाँडामा भूक्षय नियन्त्रणको काम पनि गरिएको उनले सुनाए।

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले यसै वर्ष फेवाताल पुरिनबाट जोगाउन तालमा मिसिने मुख्य खोला हर्पन र खहरे खोला गरि ५ वटा खोलामा सिल्टेनस पोखरी निर्माण गरिएको छ। पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारसंगको समन्वयमा २८ करोड १६ लाखको लागतमा पाँच वटा सिल्टेसन पोखरी निर्माण गरेको हो। फेवातालको सिरान घाँटीछिना, अँधेरी खोला, लौरुक खोला र बेतनी खोलामा सिल्टेसन ड्याम निर्माण गरिएपछि यस वर्ष खोलाबाट सोझै तालमा गेग्रयान मिसिने क्रम कम भएको पोखरा महानगरपालिकाले बताएको छ। सिल्टेसन पोखरी कम्जोर र कम गहिराईको हुँदा अधेरी खोमा बनाइएको सिल्टेसन ड्याम भत्केको छ। अरु सिल्टेसन पोखरी पनि कम गहिराइको हुँदा ड्याम गेग्रयानले भरिएर माटो र गेग्रयान तालमा मिसिएको स्थानीय विष्णु दाहालले बताए।

सिल्टेसन पोखरीहरु केही साना र कम्जोर भएकोले यस वर्ष धेरै पानी परेकोले थप बलिायो र आवश्यकता अनुसारको ठुलो सिल्टेसन पोखरी बनाएर ताल संरक्षणका अरु काम पनि संघ संगै अघि बढाइने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले बताए। फेवातालको मुख्यस्रोत हर्पन खोला र खहरेखोला हुँदै तालमा प्रत्येक वर्ष एक लाख ४२ हजार मेट्रिक टन गेग्रयान थुप्रिदै आएको बिभिन्न अध्ययनले देखाएको छ। समय श्रृखला बिश्लेषणवाट यो अवस्था देखिएको बिभिन्न अध्ययनले देखाएको छ। फेवाताल मुख्य बजार क्षेत्रबाट प्रदुर्षणको चपेटामा परेको छ। पोखराको मुख्य बजार विन्ध्यवासिनी हुँदै तालमा मिसिने फिर्के खोला, बुलौदी खोलो र पोखराका ढल फेवातालमा सोझीएकोले फेवातला दुगन्धीत बन्दै गएको छ।विश्व सिमसार दिवस सन् २०१६ का अवसरमा पोखराका ९ वटा ताललाई एउटै समूहमा राखी १९ माघमा रामसारमा सूचीकृत भएको प्रमाणपत्र प्राप्त भएको थियो। यो संगै यहाँँका ताल अन्तर्राष्ट्रियकरण भएका छन्। जैविक विविधताको निश्चित मापदण्ड पूरा गरेका यहाँका फेवा, बेगनास, रुपा, खास्टे, गुदे, न्यूरिनी, दिपाङ, मैदी र कमलपोखरीलाई रामसारमा सूचीकृत गरिएको थियो। यहाँका तालहरु रामसारमा सूचिकृत गरिएपछि ताल संरक्षणमा भने स्थानीय सरकार, प्रदेश र संघ सरकारले तालको संरक्षणको आवश्यक्ता अनुसार काम भने गरेको छैन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.