डाक्टर केसीको अनसन मेडिकल माफियालाई टेन्सन ! (फोटो फिचर)
काठमाडौँ : आन्दोलनरत डा. गोविन्द केसीको समर्थनमा सोमबार पनि काठमाडौंमा प्रदर्शन भयो । माइतीघरमा केसीका समर्थकहरुले डा. केसीका माग पूरा गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने लगायत माग राख्दै प्रदर्शन गरेका थिए ।

'डाक्टर केसीको अनसन मेडिकल माफियालाई टेन्सन', 'लुटतन्त्र बन्द गर' लगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए । 'सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्'ले माइतिघर मण्डलामा प्रदर्शन गरेको हो । डा. केसी भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा अनसन बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि केसी जुम्लाबाट काठमाडौंका लागि हिँडेका छन् ।

प्रहरीले अनसनस्थलमै पुगेर केसीलाई पक्राउ गरी अस्पताल पुर्याएपछि उनी आफैँ काठमाडौँ आएका हुन् । हाल उनी नेपालगञ्जमा छन् । डा. केसीले कम मुल्यमा गुणस्तरीय शिक्षा, स्वास्थ्यमा आम नागरिकको पहुँच निश्चित गर्नुपर्ने लगायत माग राख्दै १९औं अनसन बसेका हुन् ।




प्रतिक्रिया दिनुहोस !