बाढीबाट सतर्क रहन स्थानीय प्रशासनको आग्रह
कपिलवस्तु : नदी तटीय क्षेत्रमा संभावित बाढीको उच्च जोखिम विरुद्ध सतर्क रहन जिल्ला प्रशासन कार्यालयले सवैमा आग्रह गरेको छ। विहानैदेखि परेको अविरल वर्षा र वर्षासँगै जिल्लाका विभिन्न नदीहरुमा बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान जानकारी पाए लगत्तै स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका सर्वसाधारणहरुमा यस्तो आग्रह गरको हो।
जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान अनुसार कपिलवस्तु जिल्लाको वाणगंगा नदी र आसपासका धेरै क्षेत्र, रुपन्देहीको सुर्यपुरा, लुम्विनी, भैरहवामा अझै थप ठुलो वर्षा हुने सम्भावना रहेको छ। कपिलवस्तुको वाणगंगा नदी र रुपन्देहीको कन्चन नदी, दानो नदी र तिनाउ नदीमा बाढी आउन सक्ने अनुमान गरिएको छ।
सम्भावित बाढीको जोखिमलाई कम गर्न आम सर्वसाधारणमा जोखिम सम्वन्धी जानकारी, जिल्लाका सुरक्षा निकायलाई जोखिम विरुद्ध उद्दारमा जुट्न तयारी अवस्थामा रहन निर्देशन र नदी तटीय क्षेत्र र आसपासका स्थानीय पालिकाका जनप्रतिनिधीहरुलाई जोखिमबाट बच्न सकिने उपायहरु सहित तयारी अवस्थामा वस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !