अस्थायी हङकङ आईडी होल्डरलाई १० हजार डलर राहत

अस्थायी हङकङ आईडी होल्डरलाई १० हजार डलर राहत

हङकङ : न्यून आय भएका हङकङ अस्थायी बसोबास अनुमतिपत्रवाहक (ननपर्मानेन्ट आईडी होल्डर) हरूलाई १० हजार डलर राहतस्वरूप प्रदान गरिने भएको छ। कोरोना महामारीका कारण विश्व अर्थतन्त्र नै धराशयी बनिरहेको परिस्थितिमा हङकङ सरकारले आफ्ना नागरिकलाई सहजता प्रदान गर्न राहत वितरण गर्न लागेको हो। 

यसअघि (सीसीएफ) कम्युनिटी केयर फन्डअन्तर्गत नै हङकङ स्थायी परिचयपत्र (पर्मानेन्ट आईडी कार्ड) वाहकहरूलाई १० हजार हङकङ डलर राहत प्रदान गरिएको थियो। 

वित्तीय सचिव पौल चानले स्थायी परिचयपत्रवाहकलाई राहत वितरण गरिसकेका छन् भने अस्थायी परिचयपत्रवाहकलाई पनि कोरोनाका कारण उत्पन्न भएको समस्यामा केही राहत होस् भनी राहत प्याकेज घोषणा गरिएको बताए। भर्खरै हङकङ आएकाहरू, बसोबास गरेको ७ वर्ष नपुगेका १८ वर्ष पूरा भएका ननपर्मानेन्ट आईडी कार्ड होल्डरले राहतका लागि आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन, हुलाक र सम्बन्धित बैंकमार्फत दिन सकिनेछ। 

राहत पाउन परिवार संख्याका आधारमा मासिक आय न्यून हुनु पर्नेछ। एक जना सदस्यका लागि हङकङ डलर १५ हजार १ सय, दुई जनाका लागि २२ हजार, तीन जनाका  लागि २६ हजार ८ सय, चार जनाका लागि ३३ हजार ५ सय, पाँच जनाका लागि ३६ हजार ९ सय, छ जना अथवा त्योभन्दा बढी सदस्यका लागि ४० हजार ८ सयभन्दा बढी मासिक आय भएकाहरू राहत कार्यक्रममा सहभागी हुन पाउने छैनन्। 

आवेदन २७ सेप्टेम्बरदेखि ३१ डिसेम्बर, २०२० सम्म खुला हुनेछ। थप जानकारीका लागि कम्युनिटी केयर फन्डको वेबसाइटमा हेर्न सकिनेछ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.