वीरगन्जमा कोरोनाबाट थप एकको मृत्यु

वीरगन्जमा कोरोनाबाट थप एकको मृत्यु

वीरगन्ज  : पर्साको वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका १ का ७७ वर्षीय संक्रमित पुरुषको  वीरगन्जस्थित बाबा होटलमा नेशनल मेडिकल कलेजले संचालन गरेको अस्थायी कोभिड अस्पतालमा बिहीबार राती मृत्यु भएको हो । 

कोभिड अस्पतालको भेन्टिलेटरमा उपचाररत ती वृद्धको बिहीबार राती पौने ९ बजे मृत्यु भएको कोभिड अस्पतालका सम्पर्क व्यक्ति डाक्टर असरफ हुसेनले जानकारी दिए ।
 

मुटु र मृगौलाका रोगी ती वृद्धको स्वास्थ्यमा समस्या भएपछि गत असोज ७ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा  स्वाब संकलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएपछि बाबा होटलको अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो । 

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ । साउनयतामा मात्रै ६३ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ६७ मध्ये २ बेवारिसे पुरुषसहित पर्साका ४६ जना, बाराका १५ जना , रौतहटका ५ जना र सर्लाहीका १ जना रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.