कोरोनाको 'हटस्पट' पर्सामा संक्रमण घट्यो, बजारको चहलपहल बढ्यो

कोरोनाको 'हटस्पट' पर्सामा संक्रमण घट्यो, बजारको चहलपहल बढ्यो

वीरगन्ज : साउन पहिलो सातादेखि कोरोना संक्रमणको ‘हटस्पट’ बनेको पर्सा जिल्लामा भदौ तेस्रो सातादेखि भने संक्रमणको अवस्था नियन्त्रणमा आउन थालेको छ ।

साउन पहिलो साता सुरु भएदेखि दैनिक औसतमा ५०/६० संक्रमित थपिँदै आएको पर्सा जिल्लामा भदौ तेस्रो सातापछि भने दैनिक औसतमा ८ जना मात्रै संक्रमित थपिएका छन् । भदौं २४ देखि असोज ७ सम्म २ साता (१५ दिन) को अवधिमा १ सय १४ मात्र नयाँ संक्रमित थपिएका छन् । यही अवधिमा कोरोना मुक्त हुनेको संख्या भने ३ सय ६९ छ ।

भदौ २४ देखि असोज ७ सम्म पर्सामा २ हजार १ सय ५९ स्वाब परीक्षण गर्दा १ सय १४ जनामा मात्र संक्रमण भेटियो । नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाका अनुसार असोज ७ मा ११ जना, असोज ५ मा ८ जना, असोज ४ मा १ जना, असोज ३ मा १२ जना, असोज २ मा ६ जना, असोज १ मा १४ जनामा संक्रमण भेटिएको थियो ।

भदौ ३१ म १७, भदौ ३० मा ५, भदौ २८ मा ८, भदौ २७ मा ३, भदौ २६ मा ९, भदौ २५ मा १४ र भदौ २४ मा ७ जनामा संक्रमण पुष्टि भएको थियो । पर्सामा असोज ७ सम्म संक्रमण पुष्टि भएकाको संख्या २ हजार ५ सय १४ छ । तीमध्ये १ हजार ९ सय ५० जना निको भइ घर फर्किसकेका छन् । ४५ जनाको भने मृत्यु भएको छ । अब पर्सामा सक्रिय संक्रमित १ सय १९ जना मात्र छन् । दुइ हप्ता यता कोरोनाले पर्साका २ जनाको मात्रै मृत्यु भयो ।

साउन महिना सुरु भएलगत्तै कोरोनाको हटस्पट बनेको पर्सा जिल्लामा केही हप्तायता देखि भने संक्रमण नियन्त्रण हुँदैआएको नारायणी अस्पतालका प्रमुख (मेसु ) डा सञ्जय ठाकुर बताउँछन् ।

‘अहिले पनि दैनिक २ सय ५० देखि ३ सयको हाराहारीमा स्वाब परीक्षण भइरहेको छ, तीमध्ये ५ प्रतिशत मात्रै संक्रमण भेटिएको छ । नयाँ थपिने संक्रमितको औसत संख्या हेर्दा संक्रमण नियन्त्रणमा आउन थालेको भन्न सकिन्छ,’ मेसु ठाकुर भन्छन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सक्रिय संक्रमितको संख्या ५ सय भन्दा कम भएको ठाँउलाई ‘ग्रीन जोन’ घोषणा गर्न सकिन्छ । यस हिसाबले पर्सा र सदरमुकाम वीरगन्ज अब ग्रीन जोनमा प्रवेश गरिसकेको भन्न सकिने पनि ठाकुरको भनाइ छ ।

लकडाउन र निषेधाज्ञाले काम गर्‍यो

सरकारले गरेको लकडाउन र स्थानीय प्रशासनले लगाएको ४५ दिनको निषेधाज्ञाले संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मेसु ठाकुर बताउँछन् । यसका साथै नागरिकले पनि लकडाउन र निषेधाज्ञाको पालना गरेका कारणले पनि पर्सामा संक्रमणको अवस्थामा सुधार आएको उनी बताउँछन् ।

‘लकडाउन र निषेधाज्ञाले फैलिरहेको संक्रमणलाई रोक्न चेनब्रेकको काम गर्यो । संक्रमण भयावाह हुँदै गएपछि डरले नागरिकले पनि पूर्ण रुपमा पालना गरे, अन्य स्वास्थ्य सतकर्ता पनि अपनाए, ती सबैको परिणाम अवस्था सुधारोन्मुख हुँदै गएको हो,’ ठाकुरले भने ।

यस वाहेक तिब्र गतिमा संक्रमण फैलिरहेका बेला परीक्षणको दायरा पनि बढाइएका कारणले पनि संक्रमण नियन्त्रणमा काम गरेको उनी बताउँछन् । ‘परीक्षणको दायरा र कन्ट्याक्ट ट्रेसीङ बढायौँ, संक्रमण भेटिएका बिरामीलाई समयमै आइसोलेशनमा लगेर राखेर उपचार गर्यौँ । जसका कारण संक्रमण धेरै जनामा सर्न पाएन,’ ठाकुर भन्छन् ।

नारायणी अस्पतालका डा. निरज सिंह पनि साउन र भदौको तुलनामा अहिले संक्रमण कम देखिएको बताउँछन् । डा. सिंहका अनुसार वीरगन्ज महानगरमा साउन र भदौको आधासम्म संक्रमण जुन रफ्तारमा फैलिएको थियो अहिले त्यस्तो अवस्था छैन ।

अस्पताल र क्लीनकहरुमा पनि ज्वरो, रुघाखोकी जस्ता कोरोनाका शंकास्पद लक्षण भएका बिरामी पनि पहिलेको भन्दा अहिले कम संख्यामा आइरहेको डा. सिंहको भनाइ छ । संक्रमण तिब्र गतिमा फैलिरहेको बेला लगाइएको लकडाउन र निषेधाज्ञालाई नागरिकले पनि सख्त रुपमा पालना गरेका कारण पर्साको अवस्थामा सुधार आएको उनी बताउँछन् ।

नयाँ संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएपछि वीरगन्जमा रहेका २ मध्ये एउटा कोभिड अस्पताल खाली भइसकेको छ । गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पताल भदौ तेश्रो साता देखि खाली भइसकेको छ । उक्त अस्पतालले नयाँ संक्रमित भर्ना लिन छाडेर जनरल उपचार सेवा सुचारु गरिसकेको छ ।

अर्को अस्थायी कोभिड अस्पताल गण्डकका कोर्डिनेटेर डा.उदय नारायण सिंह पनि पर्सा जिल्लामा केही सातादेखि कोरोना संक्रमणको अवस्था सुधारोन्मुख देखिएको बताउँछन् । उनी भन्छन्, ‘नयाँ थपिने संक्रमितको संख्या घटेको छ । अहिले आइरहेका धेरथोर पोजेटिभ केस पनि पहिलोको जस्तो कडा लक्षण र गम्भीर अवस्थाका छैनन् । मानिसमा कोरोनालाई लिएर पहिलेको भन्दा अहिले सचेतना बढेको कारण पनि संक्रमण नियन्त्रणमा आउन थालेको उनी बताउँछन् ।

यस्तै ४५ दिनको निषेधाज्ञा र नागरिकमा बढेको सचेतनाले संक्रमण नियन्त्रणमा काम गरेको पर्साका प्रमुख जिल्ला अधिकारी असमान तमाङको दावी छ । हटस्पट बनेको पर्सामा संक्रमण नियन्त्रणका लागि मुख्यत तीन रणनीतिमा केन्द्रित भएर काम गरेको तमाङ बताउँछन् । उनी भन्छन्, ‘परीक्षणको दायरा बढायौँ, संक्रमितको व्यवस्थापन र उपचारलाई प्राथमिकता दियौँ, ती सबैको कारण पर्सामा संक्रमण नियन्त्रणमा आउन थालेको हो ।’

वीरगन्जमा चहल पहल बढ्यो

संक्रमणको अवस्था सुधारउन्मुख देखिएपछि वीरगन्जमा साउन १० गतेदेखि लगाइएको निषेधाज्ञा भदौ २६ गतेदेखि खुुकुलो पारिएको छ । शनिबार बाहेक हप्तामा ६ दिन बजार पसल खोल्न दिइएको छ ।

असोज १ गते देखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । सरकारी कार्यालय पनि सञ्चालनमा आइसकेका छन् । पसलहरु खुल्न थालेको र यातायात सञ्चालनमा आएपछि वीरगन्जको बजारमा चहल पहल पनि बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.