सप्तरीमा १२ संक्रमित थपिए

सप्तरीमा १२ संक्रमित थपिए

राजविराज : सप्तरीको राजविराजस्थित अस्पतालका २ कार्यालय सहयोगी, ३ बिरामी, पत्रकार, औषधि पसलेसहित सप्तरीमा शुक्रबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा अस्पतालमा कार्यरत सुरक्षा गार्ड राजविराज-१५ का २५ वर्षीय र ३३ वर्षीय कार्यालय सहयोगी संक्रमित भएका छन्।

यसैगरी अस्पतालको आकस्मिक सेवामा उपचाररत तीन जना बिरामी संक्रमित भएका छन्। बिरामी राजविराज नगरपालिका- ६ का ४० वर्षीय, राजविराजको वडा नखुलेका २७ वर्षीय र सप्तरी राजगढ गाउँपालिका-५ का ४२ वर्षीय रहेका छन्। राजगढ गाउँपालिका- ५ का बिरामी प्रहरी हुन्। 

यस्तै अस्पताल अगाडि औषधि पसल सञ्चालन गरिरहेका तिलाठी कोइलाडी गाउँपालिका-१ का २३ वर्षीय पुरुष पनि संक्रमित भएका छन्। 

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पत्रकारसहित खडक नगरपालिकाका ६ जना संक्रमित थपिएका छन्। खडक नगरपालिका-८ का १४ र २४ वर्षीय पुरुष तथा २७ र ४० वर्षीया महिला, खडक नगरपालिका- ९ का १ वर्षीय पुरुष तथा छिन्नमस्ता गाउँपालिका-३ घर भएर हाल खडक-८ मा बसिरहेका ३० वर्षीय पुरुषमा संक्रमण देखिएको छ। पत्रिकाको सम्पादक संक्रमित भएपछि पत्रिकाको सम्पादन गर्न ३० वर्षीय सहसम्पादक खडक नगरपालिका-८ मा बसेका थिए। 

सप्तरीमा शुक्रबार जिल्ला प्रशासन कार्यालयका ३४ वर्षीय प्रशासकीय अधिकृत, भिमदल गणका २८, ३०, ३२, ३४ वर्षीय नेपाली सेना, कञ्चनरुप नगरपालिका-८ का ४० वर्षीय नगरपालिकाको कार्यालय सहयोगीसहितमा संक्रमण देखिएको थियो। 

यो समेत सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार २४४ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। जसमध्ये १३ जनाको मृत्यु भएको छ भने ८९३ जना निको भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए। 

यादवका अनुसार राजविराजस्थित आइसोलेशन केन्द्रमा ६८ जना, तिलाठी कोइलाडीस्थित आइसोलेशन केन्द्रमा ९ जना र कञ्चनरुपस्थित आइसोलेशन केन्द्रमा ६ जना रहेका छन्। अरु सबै जना होम आइसोलेशनमा रहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.