कतै दुखीरहे जस्तो
एकान्तमा भित्र कतै दुखीरहे जस्तो
मुस्कानको मुहान नै सुकीरहे जस्तो
आजभोलि किन किन मलाई यस्तो लाग्छ–
एक्लासमा एक्लै पुग्दा बाटो बिराएर
डरलाग्दो अँध्यारोले ढुकीरहे जस्तो
मुटुभरि पीर व्यथा, दिलभरि चोट
भारी बोक्दा बोक्दा शिर झुकीरहे जस्तो
‘यत्ती काम गरीहालूँ अनि..’ भन्दाभन्दै–
दिल खोली बाँच्न चाहिँ चुकीरहे जस्तो
प्रतिक्रिया दिनुहोस !