बुद्धभूमि नगरपालिकाका वडा अध्यक्षको मृत्यु
कपिलवस्तु : कपिलवस्तु : बुद्धभूमि नगरपालिका-१० का वडा अध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको मृत्यु भएको छ। मुटु र मृगौला रोगका विरामी रहेका वडा अध्यक्ष खरविन्दको आज बिहान ४ बजे मृत्यु भएको परिवारजनले बताएका छन्।
मृतक वडा अध्यक्ष खरविन्द संघीय समाजवादी पार्टीका तर्फबाट उम्मेदवार भई वडा नं. १० मा निर्वाचित भएका थिए। स्थानीय वाणगंगा नदीको रामघाटमा आज दिउँसो उनको शवको अन्तिम संस्कार गरिने परिवारले जनता समाजवादी पार्टीका नेता संदीप पाण्डेयले बताए।
वडा अध्यक्ष खरविन्दको निधनप्रति बुद्धभूमि नगरपालिकाका प्रमुख केशव श्रेष्ठले गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारज प्रति समवेदना प्रकट गरेका छन्।
प्रतिक्रिया दिनुहोस !