अवैध काठसहित दुई जना पक्राउ
डडेल्ल्धुरा : डडेल्धुरा परशुराम नगरपालिका-३ शीर्षबाट अवैध काठ ओसारी रहेका २ जना पक्राउ परेका छन्। शुक्रबार राति जगंलबाट काठसहित उनीहरूलाई सवडिभिजन वन कार्यालय परशुराम र प्रहरीको सयुक्त टोलीले पक्राउ गरेको हो।
रातिको समयमा अवैध काठ काटी ओसारी रहेको ट्याक्टर र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय जोगबुडाका सहायक वन अधिकृत दीपेन्द्र केसीले जानकारी दिए। चिरान गरेको सालको २५ थान कडी समेत बरामद गरिएको वन अधिकृत केसीले बताए। बरामद गरिएको काठ अहिले डिभिजन वन कार्यालयमा राखिएको छ। पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयलाई राखिएका छन्। अवैध काठसहित समातिएका मानिसलाई शनिबार नै जिल्ला पठाइ ने जनाइएको छ। अहिले मुचुल्का बनाउने काम भइरहेकाले दोषी उपर थप अनुसन्धान गरि कारवाही प्रक्रिया थालनी गरिने भएको छ।
सालको वन क्षेत्र रहेको भित्रि मदेशको परशुराम नगरपालिका र आलिताल गाउँपालिका मा महिनै पिच्छे काठ तस्करका घट्नाहरु सार्वजनिक भईरहेका छन्। करिव एकमहिना अगाडी आलितालको चिरान क्षेत्रमा ठुलो मात्रामा अवैध सालको काठ समातिएको थियो। उक्त घट्नामा संलग्न व्यक्तिलाई अहिले धरौटिमा रिहा गरिएको छ। मुद्धाप्रक्रिया थालनी भएको डिभिजन वनकार्यालयले डडेल्धुराले जनाएको छ।
डोला गोदाम चक्रपथ सडक निर्माण गर्ने निँहुमा सालका हरिया रुखहरु ढाली काठ तस्कर गर्नका लागि घरमा, वारिमा, झाडी भित्र र खोला किनारमा लुकाएको अवस्थामा काठ वरामद गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !